आज नेप्सेमा २१.१५ अंकको गिरावट

४ फागुन, काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१.१५ अंकले घटेको छ।यस दिन नेप्से १.०१ प्रतिशतले घटेर २०७०.४१ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

Advertisement

गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँमा सीमित भएको छ।बिहीबार २५६ वटा धितोपत्रको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य सर्वाधिक ७.६५ प्रतिशतले बढेको छ। यस दिन उक्त योजनाको इकाइ मूल्य ९ रुपैयाँ १ पैसा पुगेको छ।यस्तै, राप्ति हाइड्रोको सेयर मूल्य ५.२३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४२ रुपैयाँ पुगेको छ।

Advertisement

यस दिन सर्वाधिक मूल्य घट्नेमा युनिलिभर नेपाल रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २० हजार ७०० रुपैयाँमा झरेको छ।यस दिन हिमालयन डिष्लिरीको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता २ हजार ५२४ रुपैयाँमा ५ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.६४ प्रतिशत घटेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपि पावर रहेकोे छ। उक्त कम्पनीको २६४ रुपैयाँमा ५ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Advertisement

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशतले घटेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top