×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

कांग्रेसले राष्ट्रपति पाए प्रचण्ड ५ वर्ष प्रधानमन्त्री

५ फाल्गुन २०७९

५ फागुन, काठमाण्डौ ।
गएको पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा बोल्दै ब्यक्त गरेको माछाको ढोक्साको वरिपरि नेपालको राजनीति घुमिरहेको छ।

ओलीले कांग्रेस तर्फ लक्षित गर्दै दिएको राष्ट्रपतिका लागि ढोक्सा थापेको भन्ने सो अभिब्यक्तिलाई लिएर कांग्रेस नेताहरुले पटक पटक संसद बाहिर र भित्र जवाफ दिइसकेका छन् । राष्ट्रपतिका लागि नै १० दिन भित्र गठबन्धन भत्काइदिने सम्मका अभिब्यक्ति दिएका कांग्रेस नेताहरुले कुनै पनि हालतमा आफ्नो ढोक्सामा यही फागुन २५ गते राष्ट्रपति पद पार्ने रणनीति बनाइरहेका छन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै गर्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउन इन्कार गरेको कांग्रेसले पनि विश्वासको मत दिँदै थियो। संसद्मा पहिलो दल भएर पनि प्रधानमन्त्रीकै लोभले आएको अवसर पनि गुमाएको कांग्रेसले राष्ट्रपतिमा ढोक्सा थापेको थियो।

त्यसैबेला ओली सशंकित बन्दै संसदमा उनले काग्रेसले राष्ट्रपतिका लागि ढोक्सा थापेको अभिव्यक्ति दिएका थिए। यतिबेला कांग्रेसले साँच्चै ढोक्सा थापेको छ भने माओवादी त्यो ढोक्सामा माछा पार्नेगरीको वातावरण बनाईरहेको छ । आफूले थापेको ढोक्सामा माछा पर्ने भएपछि काग्रेस पनि माओवादीका लागि त्याग गर्ने तयारीमा जुटेको छ ।

यसअघि प्रधानमन्त्री कै कारण प्रतिपक्ष बन्नु परेको पीडा र भत्किएको गठबन्धन फेरि जोड्ने गरी काग्रेसले अबको ५ वर्ष नै प्रधानमन्त्रीमा प्रचण्डलाई स्वीकार्ने संकेत गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने बताएका छन् । उनले संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताएका छन् ।

उनले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भएपनि राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरु एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न आग्रह गरेका छन् ।

उनले राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्नेकुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्नेकुरा प्रमुख रहेको बताएका छन् । उनले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी रहेको बताए ।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिनुपर्ने बताए । महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने पनि बताएका छन् ।

प्रवक्ता महतले सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु कांग्रेसका लागि बिडम्वनाको विषय भएको उल्लेख गरेका छन् । उनको यो अभिब्यक्तिले सत्ता गुमाउनुको पीडा कांग्रेसमा कति छ भन्ने थप प्रष्ट पारेको छ । काग्रेसले जस्तै विगतमा ५ दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा पनि एमालेलाई राष्ट्रपति दिन नहुने पक्षमा छ ।

Advertisement

आजमात्रै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको अडान नछाड्न दबाब दिएका छन् । यही दबाब प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र र विगतको गठबन्धनको सहयात्री नेकपा एसले पनि दिदै आएको छ । तर एमालेले भने प्रधानमन्त्री बन्दा भएको पुष १० को सहमति अनुशार राष्ट्रपति आफूले पाउनु पर्ने बताउदै आएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top