आयात अर्बमा निर्यात खर्बमा !

विराटनगर ः गत आर्थिक वर्षमा विराटनगर भन्सार नाका भएर १ खर्ब ५२ अर्ब मुल्य बराबरको माल बस्तु आयात भएको छ भने २४ अर्ब ६ करोड मुल्य बराबरको मात्र माल बस्तु निर्यात भएको छ ।

Advertisement

नेपालबाट माल बस्तु निर्यात हुने प्रमुख नाका रहेको विराटनगर भन्सार भएर कुल निर्यातको ३० प्रतिशत निर्यात हुन्छ । विराटनगर भन्सार नाका भएर निर्यात हुने माल बस्तु मध्ये अन्य रेसाका कपडा, जुटको तयारी सामान, पिना जीआई वायर, सेन्थेटिक यार्न अलैँची, अन्य बनस्पति अत्पादन ,चोकर, भुस र भेनियर सीटसहितका बस्तु पर्दछन् ।

अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा अलैँचीको मुल्यमा भारी गिरावट आएका कारण निकासी कम देखिएको हो ।यस नाकाको राजस्व संकलन बृद्धिदर अघिल्लो आर्थिक वर्षको तुलनामा गत बर्षको ३२ प्रतिशतले बढी छ ।आजको उद्घोष दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top