×

NEPAL TIMES UPDATES

Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026

तेल र पिठो पनि किन्न नसक्ने अवस्थामा पाकिस्तानी/सरकारविरुद्ध नाराबाजी

५ फाल्गुन २०७९

५ फागुन , एजेन्सी ।
पाकिस्तानमा दैनिक उपभोग्य बस्तुको मूल्य थेग्नै नसक्ने गरि आकाशिएको छ । पछिल्लो आँकडा अनुसार, पाकिस्तानमा एक किलोग्राम चियापत्तीको मुल्य त्यहाँको १७ सय रुपैंयाभन्दा बढि पुगेको छ । यसका साथै पिठो, दाल र खाने तेल जस्ता बस्तुहरुको मुल्यमा भारी उछाल आएको छ ।

पछिल्लो ६ महिनाको अवधिमा १० किलोग्राम पिठोको मुल्यमा ४५० रुपैंयाले बृद्धि भएको छ । ६ महिना अघिसम्म ८०० मा १० किलो पिठो किनेका सर्वसाधारणहरुले अहिले १२५० रुपैयामा किन्नु परेको छ । यसैगरि खाने तेलको मुल्य पनि ३८० बाट बढेर ६२० पुगेको छ ।

Advertisement
Advertisement

एक किलोग्राम चनाको दालको मुल्य २८० बाट ४३० मा पुगेको छ । यसैगरि चियापत्ति पनि १४०० सयबाट आकासिएर १७०० बढि पुगेको छ । दैनिक उपभोग्य बस्तुहरुको दोहोरो, तेहोरो रुपमा भाउ बढिरहँदा एकातिर आम नागरिकहरुको ढाड भाचिएको छ भने अर्कातिर देश आर्थिक संकटमा परेको छ ।

पाकिस्तान सरकार यो संकटबाट पार पाउँनका लागि आईएमएफसंग आशा गरिरहेको छ । तर ऋण दिन पनि आईएमएफले संकोच मानिरहेको छ । आईएमएफले ऋण दिनका लागि खर्च कटौती, मूल्यबृद्धि लगायतका शर्तमाथि शर्त राखेको छ । यसैबीच यहाँ राजनीतिक उथलपुथल पनि मच्चिने संकेत देखिएकोछ ।

मुख्य विपक्षी नेता इमरान खान पक्राउ पर्न सक्ने देखिएको छ । चुनाव आयोगको कार्यालयबाहिर प्रदर्शन गरेको मामिलामा अदालतले उनको अग्रिम जमानतलाई खारेज गरिदिएको छ । यस्तोमा उनको अगाडि अब गिरफ्तारीको खतरा मडारिरहेको छ । सम्भवतः यही कारण उनका हजारौं समर्थकहरु लहौरको जमान पार्कस्थित उनको घरको बाहिर भेला भएका छन् ।

विहीबार रातदेखि नै इमरान खानका समर्थक तथा पीटीआईका कार्यकर्ताहरु उनको घर बाहिर जुट्न थालेका हुन् र उनीहरुले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उलेख्य संख्यामा महिला तथा बालबालिकाहरु प्नि इमरानको समर्थनमा आएका छन् । उनीहरुले आफ्नो सुरक्षाका लागि लाठी र डंडा साथमा राखेका छन् ।

इमरानलाई प्रहरीले जुनसुकै बेला पनि पक्राउ गर्न सक्ने हुँदा उनीहरुले त्यहाँ रोक्नका लागि जम्मा भएका हुन् । लाहौरबाट इस्लामाबादसम्म स्वतन्त्रता मार्च निकाल्ने दौरानमा इमरानमाथि सांघातिक हमला भएको थियो । सो क्रममा घाइते भएपछि देखिनै उनी लाहौरको जमान पार्कस्थित घरमा बसिरहेका छन् । सोही बेलादेखि नै उनको घर बाहिर समर्थकहरुको भिड लाग्ने गरेको थियो, जुन अहिले बढेको हो ।

Advertisement

कार्यकर्ताहरुले प्रायजसो उनको घरबाहिर शहबाज शरीफ सरकार र प्रहरीविरुद्ध नाराबाजी गर्ने गरेका छन् । यदी इमरान खानलाई प्रहरीले पक्राउ गर्ने कोशिस गर्यो भने देशभरका सडकहरुमा आन्दोलन उग्र पार्ने पीटीआईका नेता मुशर्रत जमशेदले चेतावनी दिएका छन् । उनले इमरानलाई जेल हाल्दा देशैभरीको जेल भर्ने क्याम्पियन चलाउनेसम्मको चेतावनी दिएका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top