पत्रकारको अनुमतिबिनै सरकारले किन टाँग्यो तस्बिर ?

१५ भदौ ७५, शुक्रबार
Share this
717shares

काठमाडौं ः बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई देखाउन ठाउँ ठाउँमा राखिएका ब्यानरमा प्रयोग भएका तस्बिर फोटो पत्रकारको अनुमतिबिनै प्रिन्ट गरेर टाँगेको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement

आफूले खिचेको फोटो अनुमति बिनै सडक छेवैको ब्यानरमा टाँसेको देखेपछि फोटो पत्रकारले त्यसबारे गुनासो गरेका छन् ।‘तीनकुने पार्कको वरिपरि केही कुमारीका तस्बिर राखिएका छन् । ती तस्बिर मैले खिचेको हुँ । ’फोटो पत्रकार स्कन्द गौतमले ट्विटमा लेखेका छन् –‘त्यो फोटो ब्यानरमा अचानक देख्दा छक्क परेँ ।’

अर्का फोटोग्राफर सुदन दोङले भने, ‘प्रयोग गर्दा एकपल्ट सोधेको भए राम्रो हुने थियो, सरकारी निकाय हो भन्दैमा व्यक्तिगत सम्पत्ति चोर्न पाइन्न, त्यो फोटोमा मेरो पूर्ण हक छ ।’

Advertisement

त्यस्तै दिपेश श्रेष्ठले खिचेको गोसाइकुण्डको फोटो तथा केशव थोकर र चन्द्रशेखर कार्कीको फोटो पनि अनुमति वेगर फ्लेक्स ब्यानरमा प्रयोग भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top