नेपालले सिंगापुरलाई दियो विशाल लक्ष्य

१२ फागुन, एजेन्सी ।
आईसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । दुबईको अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनायो ।

नेपालका लागि आकाश त्रिपाठी र विशाल विक्रम केसीले शानदार अर्धशतकीय पारी खेले । १ सय बलको सामना गरेका त्रिपाठीले ७ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ७८ र केसीले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै नटआउट ६३ रन बनाए ।

त्यस्तै, अर्जुन कुमालले ३७, कप्तान देव खनालले २१, दिपक बोहराले १७, दिपक प्रसाद डुम्रेले १० र सुवास भण्डारीले अविजित १२ रनको योगदान दिए । सिंगापुरका लागि बलिङमा अभ्युदय छाजेर, आर्यवीर चौधरीले २÷२, अद्वित्य भार्गव र महियु भाटियाले एक÷एक विकेट हात पारे ।

नेपालका लागि आज सिंगापुरविद्धको खेलमा ७ जना खेलाडीले डेब्यू गरेका छन् । डेबू गर्नेमा आकाश सहित दीपक बोहरा, सुवास भण्डारी, हेमन्त धामी, दिपकप्रसाद डुम्रे, दीपक बोहरा र मिलन बोहराले गरेका छन् । जारी प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

दोस्रो खेलमा २५ तारिखमा कुबेतसककंग खेल्ने नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ । तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसककंग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

नेपाली प्लेइङ–११ ः देव खनाल (कप्तान) रहेका छन् भने आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क), दिपक बोहरा (ख), दिपक डुम्रे, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top