शिवरात्रिमा नुहाउने क्रममा नारायणी बेपत्ता भएका किशोर मृत फेला

१२ फागुन ७९, शुक्रबार
Share this
761shares

१२ फागुन, काठमाण्डौ ।
नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन्।चितवनको माडी नगरपालिका–५ घर भई भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापा मृत फेला परेका हुन्।जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन ६ गते शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका थिए।उनको भरतपुर–१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा बिहीबार शव फेला परेको हो।घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top