आज नेप्सेमा सामान्य सुधार

१४ फागुन ,काठमाडौँ ।
अघिल्लो साता ४७ अंकमाथिले घटेर २ हजार २२ अंकको विन्दुमा झरेको नेप्सेमा आइतबार सामान्य सुधार भएको छ । यसदिन नेप्से सूचक ४.५५ अंकले बढ्दै २ हजार २७.१९ अंकमा उक्लिएको हो । तर यता सेन्सेटिभ इन्डेक्स भने आज पनि ०.२८ अंकले ऋणात्मक हुँदै ३८४.०८ अंकमा झर्न पुगेको छ ।

आज बैंकिङ, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।

यद्यपि, अघिल्लो हप्ता राष्ट्र बैंकको नीतिका कारण तीव्र गिरावटमा रहेको माइक्रोफाइनान्स समूहको उपसूचक समेत यस साताको पहिलो दिन नै २.७८ प्रतिशतले वृद्धि हुन पुगेको छ । ४.५५ अंकले नेप्से बढेको यसदिन २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ माथिको ६५ लाख १५ ८५२ कित्ता सेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.९४ प्रतिशतले बढेको छ भने सिटिजन्स् म्युचुअल फन्डको मूल्य ७.८५ प्रतिशतले घट्न पुगेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top