×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नगर बस चलाउने विराटनगर महानगरको तयारी

१९ फाल्गुन २०७९

१९ फागुन, विराटनगर ।

विराटनगर महानगरपालिकाले नगर बस सन्चालनको तयारी थालेको छ।आगामी तीन महिनाभित्रमा १९ वटा बस सन्चालनमा ल्याउने गरी तयारी थालिएको महानगरले जनाएको छ। प्रदेश सरकार र लगानी बोर्डको सहयोगमा महानगरले नगर बस सञ्चालन गर्ने तयारी गरेको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले बताइन्।

Advertisement

 उनले भनिन्, ‘महानगरको १९ वटै वडाभित्रको चोकहरूबाट नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ,हरेक १०(१० मिनेटको अन्तरमा नगर बस चोकहरूमा आउनेछ।’त्यसैको तयारी स्वरूप विराटनगर महानगरपालिकाले सम्भाव्यता रुटहरूको परीक्षण पनि पूरा गरेको छ। अहिले चार वटा रुटहरू तय गरिएको छ। आवश्यकता अनुसार यी रुटहरू थपघट हुनेछ।

 उनले भनिन्,‘नगर बस सञ्चालनका लागि रुटहरू पनि तयार गरेका छौँ,सवारी चालक र सहचालकहरू नियुक्तिको प्रक्रिया अगाडि बढाएपछि भाडा दर पनि कायम गरिनेछ।’नगर बस संचालनमा ल्याएपछि सिटी रिक्साको पनि व्यवस्थापन गरिने उनले बताइन्।

नगर बस संचालन भएपछि महानगरभित्र चल्ने सिटी सफारीलाई पनि दर्ताको प्रक्रियामा लगिने भएको छ।अहिले महानगरभित्र दर्ता भएका १ हजार १ सय वटा सिटी सफारी छन्। तर यहाँ चार हजार भन्दा बढी सिटी सफारी संचालनमा रहेका छन्।

Advertisement

अन्य सफारीलाई दर्ता प्रक्रियामा लगेर व्यवस्थित रूपमा संचालनमा लैजाने संयन्त्र विकास गरिँदै आएको महानगरले जनाएको छ।नगर बसले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई नेपाल सरकारले तोकेबमोजिम सहुलियत दिइने महानगरले जनाएको छ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top