कपडा ब्यापारीको ठगी धन्दा : १५० मा किनेर २ हजारमा बिक्री !

कपडा ब्यापारीको ठगी धन्दा : १५० मा किनेर २ हजारमा बिक्री !

बजारमा लगभग धेरैजसो क्षेत्रमा अनुगमन हुने गर्दछ । यद्यपि कपडाको कारोबारतर्फ भने सरोकारवालाहरुको ध्यान पुगेको पाइँदैन ।

सुनसरीको इनरुवाका एक ब्यापारीले सरकारलाई बुझाएको राजस्व रकम बापतको बिल सार्वजनिक भएसँगै ब्यापारीको कर छल्ने र ग्राहक ठग्ने शैलीको खुलासा हुन पुगेको छ ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

छानबिनका क्रममा सञ्चारकर्मीमाझ प्राप्त भएको भ्याट बिलमा जिन्स पाइन्टको खरिद मुल्य १४९ रुपैँया ८० पैसा उल्लेख छ । त्यस्तै भेष्ट र टिसर्टको मुल्य ३४ रुपैँया ६५ पैसा तोकिएको छ । ठुला मानिसका लागि हुने टिसर्ट र भेष्टहरुको मुल्य ६२ रुपैँया ६० पैसा तोकिएको छ ।

बजारमा सामान्यतया जिन्स पाईन्ट एक हजार देखि २ हजार ५०० प्रतिगोटा बिक्री हुने गरेको छ । तर भ्याट बिलमा भने खरिद मुल्य करिब १५० मात्र तोकिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.