कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा अझै प्रदेश १ को बोर्ड

कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा अझै प्रदेश १ को बोर्ड

२२ फागुन, विराटनगर ।
देशका ७ प्रदेश मध्ये सबैभन्दा ढिलो गरी प्रदेश सभाको दोस्रो कार्यकालमा बल्लतल्ल कोशी प्रदेशको नाम जुराएको प्रदेश १को मुख्यमन्त्री कार्यालय भवनको पहिचानमा अझै प्रदेश १ कायम रहेको छ । कोशी प्रदेश नामाकरण भएको एक हप्ता दिन हुन लाग्दासमेत मुख्यमन्त्री कार्यालयको बोर्ड अझै फेरिएको छैन ।

६३ महिनापछि गत बुधबार कोशी प्रदेश नामकरण गरिएपनि प्रदेश सभाका कतिपय सरकारी वेभसाइटमा पनि प्रदेश १ नै कायम रहेको छ । तीन जना मुख्यमन्त्रीले नाम राख्न नसेकेको भन्दै मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको केही महिनामै सरप्राइज रुपमा प्रदेशको नाम राख्न सकिएको भन्दै नाम राखेको जस पाएका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफ्नै मुख्यमन्त्री कार्यालयकै बोर्ड भने फेर्न सकेका छैनन् ।

एक हप्ता बित्न आट्दा पनि मुख्यमन्त्री कार्यालयमा राखिएको बोर्डमा भने प्रदेश १ सरकार नै राखिएको छ । यस्तै प्रदेश प्रमुखको आधिकारीक सरकारी वेभसाइटमा पनि अझै प्रदेश १ नै लेखिएको छ । माननीय प्रदेश प्रमुख परशुराम खापुङको तस्वीर राखिएको वेभसाइटमा प्रदेश प्रमुखको कार्यालय प्रदेश १ नै राखिएको छ ।

यसैगरी मुख्य न्यायाधीवक्ताको कार्यालयको वेभसाइट पनि अद्यावधिक गरिएको पाइएको छैन् । यसको वेभसाइटमा मुख्यन्यायाधिवक्ताको कार्यालय प्रदेश १ नै लेखिएको पाइएको छ । यसअघि प्रदेश सरकारले प्रदेशको नाम कोशी राखेको खुशीयालीको उपलक्ष्यमा दिएको सार्वजनिक विदाको सूचना पनि प्रदेश १ सरकारको नामबाट नै जारी गरिएको थियो ।

प्रदेश १ मा ९३ जना सांसद छन् । नामकरणको टुंगो लगाउन ६२ जना सांसद आवश्यक पर्थ्यो । तर प्रदेशसभामा ८२ सांसदले कोशीको पक्षमा मत हाल्दा ४ सांसदमात्रै विपक्षमा उभिएका थिए । प्रदेश सभाको पहिलो कार्यकालमा पहिचानको एजेण्डाले प्रदेशले नाम पाउन सकेको थिएन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.