एलो हर्बलका उत्पादन बजारमा

३० फागुन ७९, बुधबार

१ चैत, विराटनगर ।
एलो हर्बलले कस्मेटिकमा उत्पादनहरु बजारमा ल्याएको छ । कोरियन फर्मुलाबाट विराटनगरमै पहिलो पटक म्यानिफ्याक्चरिङ गरी जिएमएस डर्मा प्रालिले एलो हर्बलका नाममा विभिन्न कस्मेटिकका उत्पादनहरु बजारमा ल्याएको हो ।

लामो समय कोरियन कम्पनीमा काम गरेका दक्ष प्राविधिकहरुसँगको सहकार्यमा खुलेको हर्बल कम्पनीले स्किन केयर, हेयर केयर, हर्बल, छालाका विभिन्न सौन्दर्यका क्रिमसहित सेम्पो, तेल लगायत कस्मेटिकका हरेक उत्पादनहरु बजारमा ल्याएको कम्पनीका संचालक गोपाल काफ्लेले जानकारी दिएका छन् ।

Advertisement

बजारमा विभिन्न कम्पनीका कस्मेटिक सामग्रीहरु वर्षाैदेखि रहेपनि एलो हर्बलका उत्पादनहरु स्वास्थ्यबर्धक रही सौन्दर्य बढाउन सफल हुने काफ्लेले बताएका छन् । एलो हर्बलका उत्पादनहरुको कुनै साइड इफेक्ट नहुने बताउँदै उनले कम्पनीहरु उत्पादनहरु पहिलो पटक लन्च गरेको अवसरमा हरेक उत्पादनहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको समेत बताएका छन् ।

Advertisement

कम्पनीले मंगलबार लोकप्रिय सामाजिक संजाल टिकटकबाट आफ्ना उत्पादनहरुको लन्च गरेको हो । टिकटक स्टार विनु अधिकारीले एलो हर्बलका उत्पादनहरु सार्वजनिक गरेकी छन् । एलो हर्बलका उत्पादनहरु दराज अनलाइन तथा सामाजिक संजालमा एलो हर्बलको पेजमा गएर सजिलै अर्डर गर्न सकिने काफ्लेले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top