×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

रुसी जासुसहरूको सञ्जालले भरियो पोल्यान्ड

२ चैत्र २०७९

२ चैत , एजेन्सी ।
पोल्याण्डमा रहेर रुसका लागि जासुसी गरेको आशङ्कामा विदेशी नागरिकको एउटा समूह पक्राउ परेको छ । पोल्यान्डका दुई सरकारी अधिकारीहरूले उनीहरुलाई पक्राउ गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ । रेडियो स्टेसन आरएमएफ एफएमका अनुसार त्यहाँको पोलिस सुरक्षा बलले रुसको लागि काम गर्ने गुप्तचरहरूको सञ्जाल बन्द गराएको छ ।

युक्रेनलाई सहायता सामग्री पु¥याउन प्रयोग गरिने सवारी साधन र अन्य पूर्वाधारहरूमा भिडिओ खिच्न गोप्य क्यामेरा जडान गरेको आशङ्कामा छ जना सन्दिग्धलाई पक्राउ गरिएको हो । उक्त समूहले तोडफोडको समेत तयारी गरेको एफएमले जनाएको छ । रुस र पश्चिमा देशहरूबीच दशकौँदेखि जारी जासुसी द्वन्द्व युक्रेन युद्ध सुरु भएपछि झनै चर्किएको छ ।

Advertisement
Advertisement

पोल्यान्ड युक्रेनको सबैभन्दा सशक्त सहयोगीमध्ये एक हो । यस देशको सुरक्षा बलले गत फेब्रुअरीमा आक्रमण सुरु भएयता रुसको लागि जासुसी गरेको आरोपमा उल्लेख्य सङ्ख्यामा मानिसलाई गिरफ्तार गरेको छ । रेडियो स्टेसनका अनुसार उक्त समूहले युक्रेनको सिमाना जोडिएको पोल्यान्डको पोड्कारपास्की प्रान्तमा अवस्थित रेलमार्गका प्रमुख बिन्दुहरू र महत्त्वपूर्ण ढुवानी मार्गहरूको वरपर दर्जनौँ क्यामेराहरू जडान गरेको थियो ।

तीमध्ये केही युक्रेनलाई सैन्य तथा मानवीय सहायता पु¥याउने अन्तर्राष्ट्रिय केन्द्र बनाइएको एउटा सानो क्षेत्रीय विमानस्थल नजिकै फेला परेका थिए । जेसूफ–यसोन्का विमानस्थलबाट अमेरिका र युरोपभरका सैन्य तथा कार्गो विमानहरूले नियमित उडान गर्छन् ।

त्यहाँ वरपर अमेरिकी सेनाहरू आफ्नो विशेष सैन्य सवारी साधनसहित उपस्थित देखिन्छन् जो करिब १०० किलोमिटर टाढा रहेको युक्रेनी सीमासम्म सहायता सामग्री पु¥याउन खट्छन् । यी क्षेत्रहरूलाई निकै संवेदनशील मानिन्छ र त्यहाँ वाशिङ्गटनले हवाई क्षेत्रको सुरक्षाका निम्ति यूएस प्याट्रियट नामक वायु रक्षा प्रणालीहरू तैनाथ गरेको छ ।

Advertisement
Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो पछिल्लो किएभ भ्रमणको क्रममा यसै विमानस्थल हुँदै यात्रा गरेका थिए । आरएमएफ एफएमका अनुसार महत्त्वपूर्ण पूर्वाधार रहेका क्षेत्रहरूमा सुरक्षा बढाइएको भनिएको छ। पोल्यान्डको आन्तरिक मन्त्री मारियस कामिन्स्की जिम्मेवार रहेका आन्तरिक सुरक्षा सम्बन्धी मामिला हेर्ने निकाय एबीडब्ल्यूका अधिकारीहरूले जासुसी समूहलाई पक्राउ गरेको बताइएको छ । सन् २०२२ मा जासुसी गरेको आरोपमा थुप्रै व्यक्तिहरू पक्राउ परेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top