×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोर्चुगलको राष्ट्रिय टिममा रोनाल्डोको पुनरागमन

४ चैत्र २०७९

४ चैत,एजेन्सी ।
भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । उनलाई पोर्चुगलका नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले टोलीमा समावेश गराएका हुन् । यससंगै रोनाल्डोले अब युरोकप छनोट खेल्ने भएका छन् । युरो २०२४ को छनोटअन्तर्गत पोर्चुगललले यही महिना लिचेस्टाइन र लक्जेमवर्गसँग खेल्ने तालिका छ ।

कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए । विश्वकपमा मोरोक्कोसँग १ – ० गोलले हारेपछि पोर्चुगलको यात्रा अन्तिम ८ मै रोकिएको थियो । त्यसपछि ३८ वर्षीय फरवार्डको अन्तर्राष्ट्रिय भविष्यमाथि प्रश्नचिन्ह खडा भएको थियो ।

Advertisement
Advertisement

पोर्चुगल क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि रोनाल्डोले रुदै मैदान छोडेका थिए । पोर्चुगल क्वाटरफाइनबाट बाहिरिएसँगै प्रशिक्षक फर्नान्डो सान्तोषले पनि टोली छाडेका थिए । त्यसपछि पोर्चुगल फुटबल फेडेरेसनले बेल्जियमका प्रशिक्षक छाडिसकेका रोबर्टो मार्टिनेज पोर्चुगलको मख्य प्रशिक्षक बने ।

उनले आफ्नो अन्तिम सदस्यीय टोलीमा रोनाल्डोलाई छुटाएनन् । उनले रोनाल्डो टिमको सबैभन्दा महत्वपूर्ण सदस्य भएको बताएका छन् । आफूले खेलाडीको उमेर नहेर्ने बताएका मार्टिनेजले रोनाल्डोको अनुभव टिमका लागि उपयोगी हुने बताएका छन् ।पोर्चुगलले आगमी २३ मार्चमा लिकटेन्स्टाइनलाई घरेलु मैदानमा स्वागत गर्ने तालिका छ ।

त्यसको तीन दिनपछि उसले लक्जमबर्गको भ्रमण गर्नेछ । रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रियबाट एक सय ९६ खेल खेल्दा एक सय १८ गोल गरेका छन् । गत नोभेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेका ३८ वर्षीय रोनाल्डो हाल साउदी प्रो लिग क्लब अल नासरमा छन् । उनले अल नासरबाट ९ खेलमा ८ गोल गरिसकेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top