×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोनाल्डोले गरे शानदार फ्रि–किक गोल/प्रो लिगमा रोनाल्डोको चमत्कार

५ चैत्र २०७९

५ चैत, एजेन्सी ।
साउदी प्रो लिगमा अल नासरले पूनरागमन जित दर्ता गरेको छ । घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याएर अल नासरले अभामाथि २–१ को पूनरागमन जित निकालेको हो । एमआरसुल पार्क रियादमा शनिबार राति भएको खेलमा अल नासरको पूनरागमन जितमा क्रिस्टियानो रोनाल्डो र एन्डरसन टालिस्काले गोल गरे ।

अभाका अब्देल फटाह एडामको गोल सान्त्वना बन्यो । खेलको २६औं मिनेटमा अब्देलको गोलबाट अल नासर पछि परेको थियो । एक गोलले पछि परेको अल नासरले त्यसपछि पाहुना टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुप¥यो ।

Advertisement

७८औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले झन्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली फ्रिकिकलाई अभाका गोलरक्षकले ठम्याएपनि डाइभ गर्न ढिला गरे । ८०औं मिनेटमा अभा १० खेलाडीमा समेटिन पुग्यो ।

जाकारिया अल सुडानी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ८६औं मिनेटमा एन्डरसन टालिस्काले पेनाल्टीमा गोल गर्दै अल नासरलाई २–१ को पूनरागमन जित दिलाए । पेनाल्टी बक्समा अब्देल एडामले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले अल नासरलाई पेनाल्टी प्रदान गर्द टालिस्का चुकेनन् ।

यस जितसँगै अल नासरले शीर्षस्थानको अल इतिहादसँगको अंक दुरी १ मै छोट्याएको छ । दोस्रो स्थानमा रहेको अल नासरको २१ खेलबाट ४९ अंक छ । समान खेलबाटै इतिहादको ५० अंक छ । पराजित अभा २३ अंक जोडेर १२औं स्थानमा छ। रोनाल्डोले साउदी प्रो लिग फ्रि–किकको गर्जनमा गोल गरे।

उनको गोलको मद्दतमा घरेलु टोली १–० ले पछि परेको खेललाई आफ्नो पक्षमा पार्दै तीन अंक कमाउन सफल भयो। पोर्चुगिज कप्तान आफ्नो करियरमा लामो दूरीबाट फ्री–किक गोल गर्नका लागि माहिर मानिन्छन् । तर पछिल्ला केही वर्षमा रोनाल्डोका फ्रि–किक गोल सुकेका छन्।

Advertisement

यद्यपि, रोनाल्डोले आफ्नो गोलले फ्यानहरूलाई आफ्नो प्रतिभाको सम्झना गराए। बल आभाको पर्खाल हुँदै गएको थियो। तर, शटको शक्ति यति धेरै थियो कि आभा गोलकिपर डेभिस इपासीले केही गर्न सकेनन्। यो क्रिस्टियानो रोनाल्डोको अल–नासरका लागि आफ्नो पहिलो फ्रि–किक गोल हो । यो उनको करियरको ५९ औं थियो। उनले रियादस्थित क्लबका लागि १० खेलमा नौ गोल गरेका छन् र दुई असिस्ट गरेका छन्।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top