५ चैत ,एजेन्सी ।
टेस्ला र ट्विटरका सीईओ अर्बपति एलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा ठूलो दाबी गरेका छन्। ट्वीटरका मालिकले डोनाल्ड ट्रम्प पक्राउ परे भारी जितको मतका साथ राष्ट्रपतिमा पुनः निर्वाचित हुन सक्ने बताएका छन् ।
ट्रम्पले आफूलाई छिट्टै गिरफ्तार गर्न सक्ने भनाइपछि उनको बयान आएको हो । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार शनिबार ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई मंगलबार पक्राउ गरिने दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा पोस्ट गर्दै आफूलाई छिट्टै पक्राउ गर्न सकिने बताएका छन् ।
ट्रम्पले म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले ल्याएको मुद्दामा मङ्गलबार गिरफ्तार हुने आशंका गरेका छन् । यसपछि मस्कले यो खबरमा आफ्नो प्रतिक्रिया दिएका हुन् । मस्कले ट्वीट गरेका छन्, ’यदि यस्तो भयो भने, ट्रम्प भारी जीतका साथ पुनः निर्वाचित हुनेछन्।’
ट्विटरका सीईओले फक्स न्यूजको रिपोर्टमा यस्तो प्रतिक्रिया दिएका हुन् । यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई गिरफ्तारीको डरले विरोध प्रदर्शन गर्न भनेका थिए । यद्यपि, ट्रम्पले सम्भावित गिरफ्तारीको बारेमा कसरी थाहा पाए भन्ने बारे सामाजिक सञ्जालमा कुनै विवरण दिएका छैनन् ।
आफ्नो पोस्टमा, उनले २०२० को राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका जो बाइडेनको पराजयलाई ’जनदेशको चोरी’ भनेर वर्णन गरेर आफ्ना समर्थकहरूलाई विरोध गर्न आग्रह गरेका थिए । ट्रम्पमाथि पोर्न स्टार डेनियलले गम्भिर आरोप लगाएकी छिन् ।
पोर्न स्टार स्टेफनी क्लिफर्डले ट्रम्पसँग एक दशकअघि अफेयर रहेको बताएकी छन् । यो कुरा सार्वजनिक नगर्न ट्रम्पले उनलाई पैसा दिएका थिए । यद्यपि ट्रम्पले अफेयरको खण्डन गर्दै आएका छन् । डेनियलसँगको सम्बन्धको आरोपलाई अस्वीकार गर्दै उनले आफूलाई जानाजानी निशाना बनाइएको बताएका छन् ।
उनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावको दौडबाट आफूलाई हटाउन डेमोक्रेटिक पार्टीसँग आवद्ध अभियोजकहरूले निशाना बनाएको आरोप लगाएका छन् ।