सूर्यमा आयो बबण्डर आँधी,अहिलेसम्मकै भयानक

Share this
720shares

९ चैत, एजेन्सी ।
सूर्यको सतहमा उदाइरहेको भयानक आँधीका तस्बिरहरु अहिले पनि सामाजिक सञ्जालमा तिब्र रुपमा शेयर भइरहेका छन् । भिडियोमा प्लाज्माको घुमाउरो टावर सूर्यबाट बाहिर निस्किरहेको देखिन्छ । यो टावर १ लाख किलोमिटरभन्दा अग्लो थियो र यसको गति ५ लाख किलोमिटरभन्दा बढी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

Advertisement

यसको मतलब यो टोर्नाडो आफैमा एक प्रकोप थियो। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भयानक सौर्य आँधीको भिडियो खिचेको छ । सूर्यको सतहमा रहेको यो आँधी हाम्रो पृथ्वीभन्दा १४ गुणा ठूलो छ । प्लाज्मा र तापबाट बनेको यो विशाल आँधी १ लाख १९ हजार ८९६ किलोमिटर उचाईमा थियो र यसको गति ४ लाख ९८हजार ८९६ किमी प्रतिघण्टा थियो।

एस्ट्रोफोटोग्राफर अपोलो लास्कीले पहिलो पटक यो आकाशीय दृश्य देखेका थिए । उनले यो अचम्मको भिडियो बनाउन नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीका तस्बिरहरू प्रयोग गरेका छन् । चक्रवात तीन दिनदेखि सूर्यको उत्तरी ध्रुवमा घुमिरहेको थियो, चुम्बकीय ग्यासको विशाल बादल अन्तरिक्षमा फैलाएको थियो।

Advertisement

सौर्य आँधीहरू सर्पिल–आकारको चुम्बकीय संरचनाहरूको कारणले गर्दा हुन्छ जुन सूर्यबाट उठ्छ र दुबै छेउमा सौर्य सतहसँग जोडिएको हुन्छ। जब प्लाज्माको टावर यस संरचना भित्र उठ्छ, चुम्बकीय क्षेत्र द्वारा निर्देशित, प्लाज्मा घुम्न र ट्विस्टर बनाउन सुरु हुन्छ।

लास्कीले भनेका छन्, ‘यति वर्षसम्म सूर्यको अवलोकन गरेको अनुभवमा मैले त्यस्तो केही देखेको थिइनँ । यो अद्भुत छ।’ केही समय यता सूर्यमा अनौठो गतिविधिहरु देखिएका छन् । गत महिना फेब्रुअरीमा, सूर्यको उत्तरी ध्रुवको एक टुक्रा भाँचिएको थियो, जुन निकै चकित पार्ने घटना थियो।

Advertisement

एउटा भिडियोमा प्लाज्माको विशाल फिलामेन्ट सूर्यबाट अलग भएको देखिएको थियो । सूर्यको ‘टुक्रा’ विश्वभर चर्चाको विषय बनेको थियो । वास्तवमा, प्लाज्मा तरंगहरू (सोलर फ्लेयर) लगातार सूर्यबाट निस्कन्छन्, जुन हजारौं किलोमिटर टाढा अन्तरिक्षमा जान्छन्।

प्रायः पृथ्वीमा तिनीहरूबाट भू–चुम्बकीय आँधी आउने खतरा हुन्छ। यी तरंगहरू सूर्यको सतहमा धागो जस्तै जोडिएका हुन्छन् जुन माथिसम्म उठेर तल आउँछन्। तर गत महिना यो प्लाज्मा सतहबाट अलग भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top