सलमानलाई ‘वाइ प्लस’ सुरक्षा, बुलेटप्रुफ गाडी/मुम्बई प्रहरी हैरान

१६ चैत, एजेन्सी ।
बलिउडका ‘भाइजान’ सलमान खानलाई ज्यान मार्ने धम्की प्राप्त भएपछि उनको सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ। मुम्बई प्रहरीले सलमानको मुद्धाको छानबिन गर्ने क्रममा गोल्डी बराड नाम गरेका एक अपराधीले धम्की दिएको खुलासा गरेको छ। मुम्बई प्रहरीले इन्टरपोलको सहयोगले यो जानकारी हात पारेको हो।

बलिउडका सुपरस्टार सलमान खानलाई धम्की दिने गोल्डी बराड यतिबेला बेलायतमा बसिरहेको प्रहरीको प्रारम्भिक रिपोर्टमा स्पष्ट पारिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । मुम्बई प्रहरीका अनुसार गोल्डी तिनै अपराधी हुन्, जसले पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या गराएका थिए।

गोल्डी बेलायतमा बसोबास गर्छन्। उनी त्यही बसेर भारतमा अपराधिक क्रियाकलाप सञ्चालन गरिरहेको प्रहरीको निष्कर्ष छ । मुम्बई प्रहरीले सलमानको मुद्धालाई लिएर बेलायती सरकारलाई पनि पत्राचार गरिसकेको छ । उसले गोल्डीको विषयमा थप अनुसन्धान गर्न र भारत सरकारसमक्ष सुपुदर्गीका लागि सहयोग गर्न आह्वान गरेको छ।

Advertisement

सलमानका मेनेजर जोर्डी पटेललाई १९ मार्चमा एउटा म्यासेज प्राप्त भएको थियो, जसमा उल्लेख थियो–‘तेरो बोस सलमानसँग गोल्डी बराड कुराकानी गर्न चाहन्छ। लोरेन्स बिश्नोइको अन्तर्वार्ता सलमानले हेरिसकेको होला। यदी हेरेको छैन भने पनि उसलाई भनिदिनु, त्यो अन्तर्वार्ता अवश्य हेर्नू।

विवाद समाधान गर्ने हो भने कुरा गराउने वातावरण तयार पार्नू। फेस–टु–फेस कुरा गर्नुछ, यो पनि भनिदिनु। समयमै यो सबै बताइदिएको छु। यसपछि झट्का हेर्ने मौका मात्र जुर्नेछ।’ जेलमा रहेका ग्याङस्टर लोरेन्स बिश्नोईले केही दिनअघि सलमान खानलाई धम्की दिएका थिए।

यो घटनाभन्दा एक दिनअघि मात्र सलमानका मेनेजरले धम्कीयुक्त इमेल प्राप्त गरेका थिए। सलमानसँग नजिक रहेका प्रशान्त गुन्जालकरले यो मुद्धामा बान्द्राको प्रहरी थानामा उजुरी दर्ता गराएका थिए। धम्कीपछि सलमानको घर बाहिर सुरक्षाको लागि प्रहरीको एउटा दस्ता खडा गरिएको छ। यो मुद्धामा सलमान निकै चिन्तित छन्।

प्रहरीले पनि सलमान र उनको टिमलाई केही दिन बाहिर ननिस्कन आग्रह गरेको छ। सलमानलाई अहिले राज्य सरकारले ‘वाइ प्लस’ सुरक्षा प्रदान गरेको छ। उनको सुरक्षाका लागि ११ जवान तैनाथ छन्, जसमा २ कमाण्डो र २ जना पीएसओ छन्। उनलाई सुरक्षा दिन घर बाहिर दुई वटा गाडी उपलब्ध गराइएको छ। सलमानको गाडी बुलेटप्रुफ रहेको भारतीय संचारमाध्यामहरुले जनाएका छन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top