विराटनगर,भदौ १८
विराटनगरस्थित परोपकार अभियान समूहलाई २०७५ सालको पोखरमल धर्मसंस्कृति पुरस्कार प्रदान गरिएको छ । सामुदायिक उत्थान, सामाजिक र धार्मिक उन्नयनको अभियान चलाउँदै आएको सो समूहलाई १ लाख १ हजार राशीको धर्मसंस्कृति पुरस्कार प्रदान गरिएको छ ।
श्रीराधाकृष्ण मन्दिर परिसरमा आईतबार आयोजित कार्यक्रमकाबीच प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र मन्दिर कार्यसमितिका अध्यक्ष बाबुराजा ओझाले समूहका अध्यक्ष बाबुराम न्यौपानेलाई सो पुरस्कार प्रदान गरे ।
यसैगरी सामुदायिक विद्यालयमध्ये विराटनगरस्थित पोखरीया माविबाट एसइई परीक्षामा ए प्लस ल्याउने छात्रा कृतिज्ञा कटवाल र बूढीगंगा गाउँपालिकास्थित नरग्राम माविकी विद्यार्थी मोनिका अधिकारीलाई जनही १० हजार राशिको जगतबन्धु–अञ्जु कार्की छात्रबृति पुरस्कार प्रदान गरिएको छ ।
यस्तै कार्यक्रममा संस्कृत तथा अन्य सामुदायिक विद्यालयका मेधावी विद्यार्थीसहित रथ आयोजनामा विशेष सहयोग पु¥याउँदै आएका छात्रछात्रा र व्यक्तिलाई नगद राशिसहित विभिन्न पुरस्कारले पुरस्कृत गरिएको छ । पुरस्कृत सबैलाई मन्दिर समितिका पदाधिकारी र कार्यक्रममा आमन्त्रित अतिथिहरुले पुरस्कार प्रदान गरे । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा पोखरमल धर्मसंस्कृति पुरस्कारसहित अन्य पुरस्कारहरु प्रदान गरिंदै आएको छ ।