×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

उपचुनावका लागि कांग्रेसले निकाल्यो माफीको कार्ड

१९ चैत्र २०७९

१९ चैत , काठमाण्डौ ।
नेपाली कांग्रेसले चितवन, बारा र तनहुँमा ०७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई आममाफी दिएको छ । सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै बागी, विद्रोही उठेका, प्रस्तावक, समर्थक बसेका नेताहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिएका छन् ।

०७९ को निर्वाचनभन्दा पहिले स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरूको हकमा त्यो पनि बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ’, उनले भने, ‘७९ को निर्वाचनको बेलाको हकमा यो उपचुनावमा उहाँहरूले गर्ने कामलाई हेरेर आवश्यक निर्णय गर्ने गरी अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।

Advertisement
Advertisement

’ ७९ को चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालविरुद्ध जगन्नाथ पौडेल बागी उठेका थिए । गत मंसिर ४ मा प्रचण्डविरुद्ध बागी उठेका केन्द्रीय सदस्य दिनेश कोइरालालाई भने एमालेले साथ दिएको थियो । यहाँ कृष्णप्रसाद सापकोटा पनि कारबाहीमा परेका छन् ।

त्यस्तै बारामा अरुण ज्ञवालीले बागी उठेर ८ हजारभन्दा बढी मत ल्याएका थिए । कार्यसम्पादन समितिको बैठकले बारा २ मा उपेन्द्र यादवलाई गठबन्धनको साझा उम्मेदवार स्वीकार गर्ने निर्णय गरेको छ । सरकारमा पठाउन बाँकी ४ जना मन्त्रीको विषयमा भने बैठकमा छलफल नभएको जानकारी दिइएको छ ।

कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गरेको छ । उपचुनावलाई लक्षित गरेर तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालाको कारबाही फुकुवा भएको हो ।

७० को संविधानसभा चुनावमा सुशील कोइरालाविरुद्ध बागी उठेका विकास कोइराला त्यसताका पार्टी सभापतिसमेत थिए । विकासको कारबाही फुकुवाका लागि जिल्लाबाटै सिफारिस भएको थियो । जोशीको हकमा भने रामचन्द्र पौडेलसँगको व्यक्तिगत लडाइँकै कारण उनको राजनीति सकिएको हो ।

अघिल्लो निर्वाचनमा पौडेलले जोशीको उम्मेदवारी नै खारेज गराए पनि पराजित भएका थिए । यसपटक जोशी उम्मेदवार बनेर करिब साढे ६ हजार मत पाएका थिए । जोशीको समर्थन नभए उपचुनावमा गोविन्द भट्टराईलाई जित्न कठिन हुने देखिएपछि उनीसहितका नेताहरूको आग्रहमा कारबाहीमुक्त गरिएको बताइन्छ ।

जोशीका छोरा दीपकराज भने २०७९ कै स्थानीय तह निर्वाचनमा दमौलीको मेयर उम्मेदवार बनेर झिनो मतले कांग्रेस जिल्ला सभापति बैकुण्ठ न्यौपानेसँग पराजित भएका थिए । उनीमाथिको कारबाही भने यथावत छ । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भर्खरै कांग्रेस छाडेका अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन् । यस्तै राप्रपाले शोभा गुरुङलाई उम्मेदवार बनाएको छ । एमालेले भने तनहँुमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top