साथीको बाबुबाट १४ बर्षे किशोरी बलात्कृत !

संगै पढ्ने साथीका बुबाबाट १४ बर्षे किशोरी बलात्कृत भएकी छिन् । आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका ६ की किशोरीलाई गत बुधबार हर्कबहादुर कँुवरले राती घरमा कोही नभएको बेला पछ्यौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् ।

किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार उजुरी दिएपछि कुँवरमाथि जबरजस्ती करणी मुद्धा दर्ता गरी खोजी थालिएको प्रहरी जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.