×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेन्जेमाको ह्याट्रिकमा रियाल फाइनलमा

२३ चैत्र २०७९

२३ चैत, एजेन्सी ।
कप्तान तथा फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकसहित रियाल मड्रिडले स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो खेलमा बार्सिलोनालाई ४–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । बुधबार राति बार्सिलोनाको मैदानमा क्याम्प नोउमा भएको खेलमा फराकिलो जित निकालेसँगै पहिलो लेगमा १–० ले पछि परेको रियालले समग्रमा ४–१ को जित निकाल्यो ।

रियालको जितका लागि बेन्जेमाले ह्याट्रिकसहित एक असिस्ट पनि प्रदान गरेका थिए । जसलाई भिनिसियस जुनियरले गोलमा परिणत गरे । बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोना आफ्नै मैदानमा स्तब्ध भएको हो । स्पोटिफाई क्याम्प नोउमा प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा रियलले पाएको मौकालाई सदुपयोग गर्दा बार्सिलोनाले सदुपयोग गर्न सकेन ।

Advertisement

पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा घरेलु टिममाथि हाबी बनेको रियालका लागि बेन्जिमाले ५०, ५८ र ८०औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । यस जितसँगै रियलले दुई साताअघि स्पेनिस ला लिगामा भोगेको हारको बदला लिन सफल भएको छ ।

२० मार्चमा भएको खेलमा रियल बार्सिलोनासँग २–१ ले पराजित भएको थियो । यस्तै यससँगै रियालले मे ६ मा हुने फाइनलमा ओसासुनासँगको भेट सुनिश्चित गरेको छ । ओसासुना सेमिफाइनलमा एथ्लेटिक क्लबलाई समग्रमा १–२ गोलको नतिजामा पराजित गर्दै फाइनलमा पुगेको हो ।

यता इंग्लिस प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडले सानदार जित दर्ता गर्दा म्यानचेस्टर युनाइटेडले पनि सफलता हात पारेको छ । न्यूक्यासलले वेस्ट ह्याम युनाइटेडमाथि ५–१ को सानदार जित निकालेको हो । न्यूक्यासलको जितमा कलुम विल्सन र जोइलिन्टनले समान दुई गोल गर्दा एलेक्सान्दर इसाकले एक गोल थपे ।

वेस्ट ह्यामका कर्ट जुमाले एक गोल फर्काए । यस सानदार जितसँगै न्यूक्यासल २८ खेलबाट ५३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित वेस्ट ह्याम २७ अंक जोडेर १५औं स्थानमा छ । अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा ब्रेन्टफर्डलाई १–० ले पराजित गरेको छ ।

युनाइटेडको जितमा पहिलो हाफमा मार्कस रासफर्डले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै युनाइटेड २८ खेलबाट ५३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । समान ५३ अंक नै रहेपनि न्यूक्यासल गोल अन्तरमा अघि छ । पराजित ब्रेन्टफर्ड २९ खेलबाट ४३ अंक जोडेर नवौं स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top