विमानको ककपिटमा गोमन सर्प भेटिएपछि…

२३ चैत,एजेन्सी ।
दक्षिण अफ्रिकामा उडिरहेको जहाजको ककपिटभित्र विषालु गोमन सर्प भेटिएको छ। ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै गोमन सर्प देखेपछि आकस्मिक अवतरण गरेका थिए। ११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा सर्प देखा परेको हो ।

पाइलटको सिटमुनि गोमन सर्प घुमिरहेको थियो। ‘इमानदारीपूर्वक भन्नुपर्दा के भइरहेको थियो मेरो दिमागले बुझ्न सकेको थिएन,’ रुडोल्फले बीबीसीसँग भनेका छन् , ‘यो एकदमै डरलाग्दो क्षण थियो।’ पाइलट रूडोल्फले आफ्नो पिठ्यूँमा चिसो–चिसो मशसुश गरेका थिए। सुरूमा उनले यो पानीको बोतल होला भनेर वास्ता गरेनन्।

‘मलाई सुरूमा चिसो र घस्रिरहेको जस्तो लागेको थियो। पानीको बोतल राम्रोसँग बन्द गरेको रहनछु र पानी पोखियो भन्ने लागेको थियो,’ उनले भने, ‘जब मैले बायाँतिर फर्केर तल हेरेँ, त्यहाँ एउटा कोब्रा थियो। उसले सिट भित्र आफ्नो टाउको राख्न खोजिरहेको थियो।’ जहाज थप चार जना यात्रु थिए। सर्प देखेपछि उनले जहाजलाई आकस्मिक अवतरण गराएका थिए। यदि सर्पले टोकेको भए ३० मिनेटमै मृत्यु हुने भए पनि पाइलट रूडोल्फ इरास्मसले विमानमा आतंक मच्चाउन नचाहेको बताए।

यसबीचमा उनी निकै डराएका थिए। ‘सर्प पछाडि सरेर बाँकी यात्रुमा त्रास फैलिन सक्छ’ भन्ने उनलाई डर थियो। उनले यात्रुहरूलाई यसको बारेमा जानकारी दिए। ‘सुन्नुहोस्, जहाजभित्र एउटा सर्प छ, त्यो मेरो सिटमुनि छ। त्यसैले जतिसक्दो छिटो जहाज अवतरण गर्ने प्रयास गरौं,’ उनले यात्रुहरूलाई भनेका थिए ।

यात्रुको प्रतिक्रिया कस्तो रह्यो भन्ने प्रश्नमा रुडोल्फले जहाजमा पूर्ण सन्नाटा छाएको बताए। उनले वेलकम सिटीको विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएका थिए। त्यहाँ काम गर्ने दुई जनाले जहाजमा सर्प देखेको बताएका थिए।

नियन्त्रणमा लिन खोज्दा नसकिएको उनीहरूको भनाइ थियो। पाइलट रूडोल्फले जहाजमा चढ्नुअघि सर्प खोज्ने प्रयास गरेको बताए। ‘दुर्भाग्यवश त्यतिबेला सर्प फेला परेन। त्यसपछि हामी सबैले सर्प भागेको भन्ने अनुमान ग¥यौं,’ उनले भने। दक्षिण अफ्रिकाको नागरिक उड्डयन विभागका आयुक्त पोप्पी खोसाले पाइलट रुडोल्फको प्रशंसा गर्दै अद्भूत काम गरेर जहाजमा सवार सबैको ज्यान बचाएको बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top