जापानी सेनाको हेलिकप्टर आकाशबाटै अचानक वेपत्ता

२४ चैत, एजेन्सी ।

Advertisement

जापानमा आकाशमा उडिरहेको सेनाको हेलिकप्टर अचानक वेपत्ता भएको छ । दक्षिणपश्चिमी प्रान्त ओकिनावाको सामुद्रिक क्षेत्रबाट बिहीबार १० जना सवार जापानी हेलिकोप्टरको राडारसँगको सम्पर्क विच्छेद भएको छ । ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जीएसडीएफ) हेलिकोप्टरको राडारसँगको सम्पर्क विच्छेद् भएको स्थानीय सञ्चारमाध्यमहरुलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

जीएसडीएफ अधिकारीका अनुसार मियाकोजिमामा रहेको ग्राउन्ड सेल्फ डिफेन्स फोर्स बेस छोडेर हेलिकप्टर राडार ट्र्याकिङबाट गायब भएको थियो । सरकारी प्रसारक एनएचकेले रक्षा मन्त्रालय र अन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, “ओकिनावा प्रान्तको मियाकोजिमा टापूको विमानस्थलबाट करिब १८ किलोमिटर उत्तरपश्चिममा स्थानीय समयअनुसार अपराह्न ४ः४० बजे युएच–६० बहुउद्देश्यीय हेलिकोप्टर राडारको सम्पर्कबाट टाढिएको थियो ।”

Advertisement

एनएचकेका अनुसार मियाकोजिमाबाट अपराह्न ४ बजेअघि उडेको उक्त हेलिकप्टर साँझ ५ बजेपछि टापुमा फर्कने कार्यक्रम रहेको थियो । विमानमा दुई पाइलट, दुई मेकानिक्स र ६ चालक दलका सदस्य रहेको र सबै सेल्फ डिफेन्स फोर्सका सदस्य रहेको जीएसडीएफले जनाएको छ ।

सामुद्रिक क्षेत्रमा खटिएका सुरक्षा गार्डले कुमामोतो प्रिफेक्चरको एक युनिटसँग सम्बन्धित र निगरानी गतिविधिमा संलग्न रहेको हेलिकप्टरको खोजीका लागि नजिकैको पानीमा चारवटा गस्ती जहाज पठाएको रिपोर्टमा उल्लेख छ । उक्त क्षेत्रमा स्थानीय समय अनुसार साँझ ६ बजेर १० मिनेट जाँदा जहाज पुगेको र उक्त विमान पुग्दा मौसमको अवस्था मध्यम रहेको बताइएको छ ।

Advertisement

यसैबीच बेपत्ता हेलिकप्टर समुद्रमा खसेको अनुमानसहित अहिले खोजी कार्यजारी राखिएको रक्षा मन्त्री यासुकाजु हामादाले बताएका छन् । शुक्रबार पत्रकारहरूसँग कुरा गर्दा भावुक रूपमा देखिएका हमादाले भनेका छन्,“म क्षतिको जानकारी सङ्कलन गर्न र मानव जीवनको खोजी गर्न सक्दो प्रयास गर्नेछु,“ ।

यस्तै जापानको ग्राउन्ड सेल्फ–डिफेन्स फोर्सका प्रमुख जनरल यासुनोरीले खोजकर्ताहरूले समुद्रमा हेलिकप्टरको भागहरू फेला पारेको हुन् सक्ने बताउँदै यात्रुहरुको तीव्र खोजि जारी राखिएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top