ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना

२५ चैत, काठमाडौँ ।
काठमाडौँको ह्याम्स हस्पिटलमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलीप्याडमा अवतरण गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरको टेल रोटर अर्थात पुच्छरको पंखामा क्षति पुगेको छ । एयर डाइनास्टीका एक प्रबन्धकका अनुसार एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टर ह्याम्स अस्पतालका चिकित्सकसहित उपकरण राखेर बिरामीलाई लिन भरतपुर जाने तयारीमा थियो ।

तर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा टेल रोटरमा क्षति पुगेपछि उक्त हेलिकोप्टर तत्कालका लागि मर्मत गर्नुपर्ने भएको बताइएको छ । अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको छ । हेलिकप्टरको पुच्छरको पार्ट नजिकैको अर्को घरमा झरेको थियो ।

भरतपुरका बिरामीलाई लिनका लागि अर्को कम्पनीको हेलिकोप्टर पठाइएको ती प्रबन्धकले बताए । शनिबार दिउँसो २ बजेको यस घटनामा मानवीय क्षति भने भएको छैन । उक्त हेलिकोप्टर हाल अस्पतालको हेलिप्याडमै राखिएको छ ।

अहिले खसेको हेलिकप्टरको पुच्छरको भाग जोड्ने काम भइरहेको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा रहेका पाइलट सकुशल रहेको र यो घटनाबाट कसैलाई पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top