ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा छिमेकी घर भासिए

२४ चैत ७९, शनिबार

२५ चैत, काठमाडौँ ।
ललितपुरको बखुण्डोलमा जमिन भासिँदा केही घरहरूमा क्षति पुगेको छ । आधा दर्जन घरहरु जोखिममा परेका छन् । बखुण्डोलमा बन्दै गरेको समिट अपार्टमेन्टका कारण वरपरका जमिन भासिन थालेको स्थानीयले आरोप लगाएका छन् । शुक्रबार राति समिट अपार्टमेन्ट बनाउने क्रममा छिमेकी घर भासिएको थियो ।

दुई वटा घर भासिएको छ भने दुई वटा पूर्ण रुपमा भत्किएको छ । स्थानीयका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने ६ वटाभन्दा बढी घर जोखिममा छन् । राति २ बजे तीव्र रुपमा जमिन भासिन थालेपछि त्यहाँ भागदौड मच्चिएको थियो । केही व्यक्ति घाइते पनि भएको स्थानीयले जनाएका छन् ।

निर्माणाधिन अपार्टमेन्ट वरिपरिका घरहरु एकतला जति भासिएका छन् । डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले दुईवटा घर पूर्ण रूपमा भत्किएको जानकारी दिएका छन् ।

उनका अनुसार छवटा भन्दा बढी घर जोखिममा परेका छन् । दुर्घटनालगत्तै नेपाल प्रहरी र एपिएफको टोली बखुण्डोल क्षेत्रमा पुगेको थियो । मानवीय क्षति भने भएको छैन । यसैबीच रास्वपाकी नेतृ एवं प्रतिनिधिसभाकी सांसद डा.तोसिमा कार्की त्यसक्षेत्रमा भासिएको घरहरुको अनुगमनमा पुगेकी छन् । उनले भासिएको र भत्किएको घरहरुको अनुगमन गर्दै पीडितहरुलाई सुरक्षित स्थानमा सार्ने बताइन् ।

दोषीलाई कारबाही गरिने बताउँदै उनले अपार्टमेन्ट बनाउने काम बन्द गराउने समेत बताइन् । उनले पीडितहरुलाई भेटेर सम्बन्धित ठाउँमा उजुरी गर्न आग्रह गरिन् । पीडितहरुले अपार्टमेन्ट बनाउनुअघि नै वडामा गुनासो राखेको भएपनि वडाले नसुनेको दुखेसो पोखे ।

अपार्टमेन्ट बनाउन नक्सा पास पनि नगरेको पीडितहरुको दाबी छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबासविहिन बनाउने पक्षलाई तत्काल कारबाही गर्न समेत उनीहरुले माग गरेका छन् । यता पाइलिङ गरेर वरिपरिलाई जोगाउन खोजेको निर्माण कम्पनीले दाबी गरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top