२५ चैत, काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रहरीले नै सडक मिचेको बताएका छन् । उनले सडकपेटी मिचेर प्रहरीले नै संरचना बनाएको भन्दै तत्काल हटाउन भनेका छन् । शनिबार सामाजिक सञ्जालमा महानगर क्षेत्रमा सडक मिचेर बनाइएका प्रहरी बिटका तस्बिरहरू हालेर हटाउन भनेका हुन् ।
नहटाए आफैंले हटाउन बाध्य हुने भन्दै चेतावनी समेत दिएका छन् । फुटपाथमा पैदलयात्री हिँड्नको लागि प्रयोग हुनुपर्ने भन्दै व्यापार गर्न पनि रोकेको र यो नियम सर्वसाधरणका लागि मात्रै नभएको पनि उनले बताए।
‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौं,’ उनले भनेका छन् ।
यस्तै राजदूतावास लगायत विदेशी नियोगले पनि विभिन्न ठाउँमा सडकपेटी मिचेको भन्दै मन्त्रालयलाई काम अघि बढाउन पत्राचार पनि गरेको बताए । ‘कानुन सर्वसाधरण नागरिकका लागि र अरूका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्छ । तयार बनौं,’ उनले भनेका छन् ।
काठमाडौँका १९ वटा वडामा बाटो मिचेर प्रहरीले प्रहरी बिट स्थापना गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । वडा नम्बर ४ मा रहेको प्रधानमन्त्रीको सरकारी निवास अगाडि पनि सडक मिचेर प्रहरी बिट स्थापना भएको महानगरले जनाएको छ । ती सबै प्रहरी बिटलाई हटाउन महानगरका मेयर बालेन शाहले आग्रह गरेका हुन् ।
यी हुन् सडक मिचेर बनाइएका काठमाडौँमा १९ वटा प्रहरी बिट: