चुम्बनका कारण विवादमा फसे दलाइ लामा

२७ चैत , काठमाण्डौ ।

विश्व प्रसिद्ध तिब्बती धर्म गुरु दलाई लामा आफ्ना कामका कारण सधैं चर्चामा रहन्छन् तर अहिले चुम्बनको कारण उनी विवादमा फसेका छन् । एक नाबालकलाई चुम्बन गरिसकेपछि आफ्नो जिब्रो चुस्न लगाएको भिडिओ सार्वजनिक भएसँगै उनी विवादमा फसेका हुन् ।

सार्वजनिक भिडिओमा लामाले एक नाबालकलाई सुरुमा अंगालो हाल्छन् र हाँस्दै ती बालकलाई आफ्नो जिब्रो चुस्न लगाउँछन् । बुद्ध भिक्षुले बच्चालाई जिब्रो चुस्न आग्रह गर्दा जिब्रो निकालेको देखिन्छ। “के तिमी मेरो जिब्रो चुस्न सक्छौ,“ उनले भिडियोमा बालकलाई सोधेको सुनिएको छ।

उनको यो व्यवहार अस्वाभाविक र घीनलाग्दो भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । आलोचना बढेसँगै लामाले उक्त घटनाप्रति माफी मागेका छन् । ‘हालैको भेटघाटको एक भिडिओ सार्वजनिक भएको छ । बालकले मलाई अंगालो दिन सक्नुहुन्छ भनी सोधेका थिए ।

म बालक, उनका परिवार साथै उनका साथीहरुसँग मैले निम्त्याएको चोटका लागि माफी माग्न चाहन्छु । मैले प्रायः सार्वजनिक रुपमै क्यामराको अगाडि नै निर्दोष मानिसहरुलाई जिस्काउने गर्छु । म यो घटनाप्रति माफी माग्न चाहन्छु’, उनले भनेका छन् ।

यसअघि २०१९ मा दलाई लामाले आफ्नो उत्तराधिकारी महिला बन्ने हो भने, उनी “आकर्षक“ हुनुपर्ने भन्दै ठूलो विवाद खडा गरेका थिए। विश्वव्यापी आलोचनालाई आकर्षित गर्ने यो टिप्पणी उनले बीबीसीसँगको अन्तर्वार्तामा गरेका थिए । पछि उनले आफ्नो विवादास्पद टिप्पणीको लागि माफी मागेका थिए ।

Scroll to Top