रविले भने मेरा वरिपरिका ब्यक्तिको पनि छानविन गर्नुस्

२७ चैत , काठमाण्डौ ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको सरकारले पनि अनुसन्धान गर्ने भएको छ । सोमबार बिहान चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अडियो अनुसन्धान गरी सो अनुसार अगाडि बढ्ने बताएका हुन्।

‘दुई करोडको कुरा आएको छ। त्यसलाई आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं। अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ,’ सञ्चारकर्मीलाई गृहमन्त्रीले भने। रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो।

Advertisement

सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन्। अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ।

अडियोमा सांसद श्रेष्ठले रास्वपा सभापति रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको भन्दै त्यसले कुनै फरक नपार्ने बताएका छन् ।

Advertisement

उनले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान जारी रहेको बताउँदै पार्टीभित्रका जो कोही भए पनि कारबाही हुने बताए । “दोषी ठहर भए अर्को व्यक्तिलाई सांसद ल्याउछौँ,” उनले भनेका छन्, “मेरै वरपर भएका व्यक्तिलाई पनि छानबिन गर्नुस् । मैले ९ महिनामात्रै भयो चिनेको । मेरो नाम लिएर कसैले भजाएछ भने त्यो कारबाहीको भागीदार हुनेछ ।

” उनले आफू सत्यको बाटोमा रहेको बताउँदै विचलित नहुने बताए । “सत्यको बाटोमा छु । विचलित हुने छैन । ९ महिनाअघि सुरु भएको यो पार्टीमा हजारौँ जोडिनुभएको छ,” उनले भनेका छन्, “विश्वासको आधारमा जोडेका हौँ । विश्वास घात गर्नेलाई कारबाही गर्ने ल्याकत छ । मलाई कहिँ पनि नछोड्नुहोला गलत क्रियाकलापमा भेटेमा ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top