ढाकाको दोस्रो अडिओ सार्वजनिक, गुहार माग्दै

२८ चैत, विराटनगर ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसंग २ करोड घुस मागेको अडियोपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडिओ कुराकानी पनि सार्वजनिक भएको छ । आइतबार उनले प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो । लगत्तै भोलिपल्ट सोमबार उनले सोही प्रसंगमा कुराकानी गरेको अर्काे भिडिओ टेप सार्वजनिक भएको हो ।

Advertisement

जसमा ढाकाकुमारले दुर्गा प्रसाईंको समूहमा रहेका यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन अनुरोध गरेका छन् । ‘दुर्गाजीले मेरो अडिओ (अघिल्लो) को बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थता गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर’, अडिओमा ढाकाकुमारले भनेका छन्, ‘अब यो नहुने कुरालाई बढाएर के फाइदा?’ उनीसँग फोनमा बोल्ने व्यक्तिले भने अहिले आफू गाडीमा भएको र यस विषयमा पछि कुरा गरौँला भन्दै फोन राख्छन् ।

सार्वजनिक अडिओमा ढाकाकुमारका भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई फोन गरेको कुराकानी पनि छ । ढाकाकुमारका भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई भनेका छन्, ‘दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो!’ यसपछि प्रसाईंले भनेका छन्, ‘यसमा मैले के गर्नुपर्छ त भन्नु न?’ प्रसाईंले अगाडि भनेका छन्, ‘मैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन ।

Advertisement

माग्न लाउनेको पो गल्ती हो त । बरु मैले कसरी सहयोग गर्न सक्छु भन्नु न!’ ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, ‘जे भए पनि दाइलाई बीचमा पारे क्यार! लाटोसोझो मान्छेलाई बीचमा पारे । हजुरले बुझिदिनुप¥यो । दाइले एकपटक भेट्ने भन्नुभएको छ।’ यसअघिको अडियोमा ढाका कुमार श्रेष्ठ भनिएका व्यक्तिले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईंसँग रकम मागेको कुराकानी छ ।

उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ । ढाका कुमारले भने त्यो अभिव्यक्ति आफ्नो नभएको भन्दै अडियो सम्पादन गरिएको र आफूलाई फसाउन खोजिएको जिकीर गरेका छन् ।

Advertisement

यता उक्त अडियो संवादमा अख्तियारले अनुसन्धान अघि बढाएको छ । घुस संवादबारे अख्तियारका पदाधिकारीबीच सोमबार छलफल भएको थियो । त्यसक्रममा पदाधिकारीले मिहिन अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए । घुस प्रकरणबारे सञ्चारमाध्यममा आएका समाचारलाई नै प्रमाण मानेर अनुसन्धान अघि बढाउने अख्तियारको निष्कर्ष छ ।

यसअघि अख्तियारले यस्तै अडियोका आधारमा आफ्नै आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । करिब चार वर्षपछि गत विशेषले घुस प्रकरणसम्बन्धी मुद्दामा दुवैलाई दोषी ठहर गर्दै ३÷३ वर्ष कैद र समान ३९ लाख रुपैयाँ जरिवाना तथा पाठकको हकमा थप ३ महिना कैद हुने फैसला सुनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top