नयाँ वर्षमा कसको शुभकामनामा के लेखिएको छ ?

३० चैत ७९, शुक्रबार

१ वैशाख , काठमाण्डौ ।
नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति , प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा अमनचयन राख्न चरम दलगत र गुटगत राजनीतिभन्दा माथि उठ्नुपर्ने बताएका छन्।

चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको सिल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचयन राख्न सकिने राष्ट्रपति पौडेलको भनाइ छ। राष्ट्रपति पौडेलले लोकतान्त्रिक परिपाटी मजबुत बनाउन सबै सचेत हुनुपर्ने बताएका छन्।

लोकतन्त्रको विकल्प पूर्ण लोकतन्त्र भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ रहेको बताएका छन्। केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने राष्ट्रपतिको भनाइ छ।

यस्तै शुभकमना सन्देश जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुन नसक्ने बताएका छन्। नयाँ वर्षमा प्रधानमन्त्रीका रुपमा आफ्ना हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रचण्डको दाबी छ।

प्रधानमन्त्रीले नयाँ वर्ष हामी आफैंमाथि भरोषा र आशाको वर्ष हुनेछ विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर कम हुँदै गएको पनि दाबी गरेका छन्। यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको उल्लेख गरेका छन् ।बलियो राष्ट्रिय शक्ति निर्माण नै राष्ट्रहितको रक्षा र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउन सम्भव रहेको उनले बताए ।

राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको उनको भनाइ छ । यसैगरी सभामुख देवराज घिमिरेले नयाँ वर्षले जनमुखी र प्रगतिशील कानुन निर्माण गर्ने मिलोस् भन्ने कामना गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले राजनीतिक नेतृत्वले नेपाली जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना र मार्गचित्र निर्माण गरि कार्य प्रारम्भ गर्न जरुरी रहेको बताएका छन् । उनले नयाँ वर्षले सबै नेपालीबीच एकता, पारिस्पारिक मेलमिलाप, भाइचारा र सौहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top