काठमाडौं विश्वमै प्रदूषित शहर

काठमाडौं विश्वमै  प्रदूषित शहर

३ वैशाख ,काठमाण्डौ ।

विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक एक्यूआइ २०८ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ ।

थाइल्यान्डको चियाङ मेइ दोस्रो नम्बरमा र बंगलादेशको ढाका तेस्रो नम्बरमा रहेको छ। भारतका २ शहर दिल्ली र कोलकाता, पाकिस्तानको लाओस र भियतानमको हानोइ शहर पनि अस्वस्थकर प्रदुषण भएकामा परेका छन्। तर यी शहरको वायु प्रदूषित भएपनि काठमाडौंको भन्दा सुधारोन्मुख छ ।

वातावरण विभागको वायु प्रदूषण निरागनीका अनुसार काठमाडौंसहितका स्थानमा वायुमा धुलोका कणहरु धेरै छन् र वायु प्रदूषण अर्थात् एक्यूआई २०८ को हाराहारीमा छ । नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ ।

खासगरी धूलोको कणहरु बोकेको गह्रौ हावा तल र तातो हलुका हावा माथि हुँदा यस्तो अवस्था हुने गर्दछ । यस्तो हुँदा कतिपय अवस्थामा त ठूलो हूरी, आँधीसमेत आउने गर्दछ । प्रदूषण कारण काठमाडौँमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा र मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम वर्गलाई विशेष ख्याल गर्नु पर्ने उनीहरुको सुझाव छ । वायु प्रदूषणले फोक्सो, मुटु तथा मस्तिष्कलाई गम्भीर असर गर्छ भने क्यान्सर, मनोरोग आदिको पनि कारक तत्वका रुपमा यसलाई लिइन्छ ।

हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ५० भन्दा कम देखिए त्यस क्षेत्रलाई ग्रिनजोन अर्थात् हरियो चिह्न मान्ने गरिएको छ। विश्व स्वास्थ्य संगठनले हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ४० भन्दा कम देखिए ग्रिनजोन मान्ने गरेको छ तर नेपालले ५० सम्म देखिए त्यस क्षेत्रलाई ग्रिनजोन मान्ने गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.