×

NEPAL TIMES UPDATES

Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026

अमेरिकाविरुद्ध चीन र ब्राजिल एक, डलरको ब्यापक आलोचना

३ बैशाख २०८०

३ वैशाख, एजेन्सी ।
ब्राजिलका राष्ट्रपति लुइ इनासियो लुला दा सिल्भाले चीन पुगेर अमेरिकाको आलोचना गरेका छन् । उनले अमेरिकाले विभिन्न वहानामा विभिन्न देशमा लगाएको प्रतिबन्ध र अमेरिकी डलरप्रति टिप्पणी गर्दै कटाक्ष गरेका छन् । लुलाले बिहीबार सांघाइमा सम्बोधनको क्रममा डलरको बर्चस्व अन्त्य गर्न आह्वान गरे ।

‘प्रत्येक रात म आफैँलाई सोध्छु, सबै मुलुकले आफ्नो व्यापार किन डलरकै आधारमा गर्नुपरेको होला,’ ‘हामी हाम्रै मुद्रामा व्यापार गर्न किन सक्दैनौँ?’ उनले त्यसो भनिरहँदा ब्राजिली र चिनियाँ अधिकारीहरु रहेको दर्शकदिर्घामा ताली गड्गडाहट सुनिएको थियो । उनको यो भनाइले वासिङ्टनका नीति निर्माताहरुको कान ठडिएको छ ।

Advertisement
Advertisement

अझ सीका साथमा सम्बोधन गर्दै उनले अमेरिकाले अनेक प्रतिबन्ध लगाएको हुवावे भ्रमण गरेको समेत बताए । ‘हिजो हामीले हुवावे भ्रमण गर्यौँ । हामी विश्वलाई भन्न चाहन्छौँ, चिनियाँहरुसँगको हाम्रो सम्बन्धमा कुनै पक्षपात छैन र कसैले पनि चीनसँग सम्बन्ध सुधार गर्नबाट ब्राजिललाई रोक्न सक्दैन,’ उनले भने ।

शुक्रबार सी र लुलाले संयुक्त वक्तव्य जारी गर्दै युक्रेन युद्ध अन्त्यको एउटै उपाय वार्ता भएको बताएका छन् । चीन भ्रमणअघि लुलाले युद्धमा सामेल नभएका मुलुकहरुको एउटा ‘शान्ति क्लब’ गठन गर्नुपर्ने बताएका थिए । शनिबार पनि लुलाले सोही कुरा बताए । ‘अर्को महत्वपूर्ण मुलुक अमेरिका हो ।

अमेरिकाले युद्धबाट फाइदा लिन छाड्नुपर्छ र शान्तिका बारेमा कुरा गर्न थाल्नुपर्छ,’ लुलाले भनेका छन् । यस्तै लुलाले विश्वको भूराजनीति सन्तुलित पार्न आफूले चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । चीनको तीन दिने भ्रमण टुंग्याउँदै उनले यस्तो बताएका हुन् । ‘हामी हाम्रा दुई मुलुकबीचको रणनीतिक साझेदारीको स्तरोन्नति गर्न चाहन्छौँ।

व्यापार विस्तार गर्न चाहन्छौँ र चीनसँग मिलेर विश्वको भूराजनीति सन्तुलित पार्न चाहन्छौँ,’ जेलबाट निस्केर तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका लुलाले भनेका छन् । लुलाले ब्राजिललाई फेरि विश्वमञ्चमा फर्काउने कोसिस गरिरहेका छन् । यी ७७ वर्षीय नेता बहुध्रुवीय विश्वको पक्षपाती हुन् भने बहुपक्षीय संस्थाहरुको भूमिका ब्युँताउने उनको कोसिस जारी छ ।

Advertisement

लुलालाई बेइजिङमा भब्य स्वागत गरिएको थियो । राष्ट्रपति सी जिनपिङले उनलाई ‘असल र पुराना मित्र’ भनेर सम्बोधन गरेका छन् । दुई पक्षबीच १० अर्ब डलर बराबरका एक दर्जनभन्दा बढी सम्झौताहरुमा हस्ताक्षर भएको छ । जसमा पूर्वाधार, स्याटेलाइट निर्माणदेखि व्यापार सहजीकरणसम्मका विषय छन् । ब्राजिल र चीन दुवै ब्रिक्सका सदस्य हुन् । जसलाई सक्रिय पार्ने इच्छा लुलाले व्यक्त गरेका छन् ।

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top