×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

३ बैशाख २०८०

३ वैशाख , काठमाण्डौ ।
संक्रमणकालीन न्यायनिरुपणसम्बन्धी कानुनलाई अन्तिम रुप दिने तयारीका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनुपस्थित भएका छन् । प्रधानमन्त्रीसंगै सत्तारुढ काँग्रेसका सभापति शेरबहादुर देउवा पनि बैठकमा गएनन् । उनीहरु बैठकमा अनुपस्थित हुनाको कारण भने बैठकका लागि रोजिएको ठाउँ बुझिन्छ ।

सभामुख देवराज घिमिरेले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने गरी आइतवार बिहान ९ बजे बैठक बोलाएका थिए । तर अन्तिम समयमा आएर प्रचण्ड र देउवाले अनुपस्थित हुने जानकारी दिएका हुन् । तर दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतवार बिहान बालकोटमा बैठक बोलाइएको थियो ।

Advertisement
Advertisement

यद्यपि प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरेका हुन् । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी कानुन, संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायत विषयमा सहमति जुटाउन संवाद गरिरहेका थिए ।

त्यही संवादलाई निरन्तरता दिनेगरी शीर्ष नेताबीच बैठक बालकोटमा बस्ने सहमति भएको थियो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रचण्डले कार्यव्यस्तता भन्दै बालकोटमा हुने बैठकमा सहभागी हुन नमानेको बताएका छन् । ’शीर्ष तहमै पहिले नै बालकोटमा बस्ने सहमति भएको थियो।

त्यहीअनुसार प्रधानमन्त्री र सभामुखको सल्लाहमा बैठक बोलाइएको थियो’, बर्तौलाले भने, ’तर प्रधानमन्त्रीले बैठकमा आउने अस्वीकार गरेपछि शंका गर्ने वातावरण बनेको छ।’ यो बैठकका लागि प्रतिपक्षी दलको नेता ओली, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुने तय भएको थियो ।

त्यहीअनुसार बैठकमा सहभागी हुन एमाले नेता बालकोटमा जम्मा भएका थिए । बैठकका लागि एमाले सचेतक महेश बर्तौला र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल बालकोट पुगेका थिए । तर साढे ९ तिर प्रधानमन्त्री प्रचण्डले आजको बैठक बस्न नसक्ने भन्दै खबर पठाएको सचेतक बर्तौलाले बताए ।

प्रचण्ड र देउवा दुवैजना अनुपस्थित हुँदा संसदमा विचाराधीन विधेयक र संयुक्त समिति निर्माणलगायत विषयमा छलफल रोकिएको छ । यसअघि सभामुख घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको थियो ।

उक्त बैठक स्थगित भएपछि शीर्ष नेताहरुबीच बालकोटमा आइतवार जुट्ने सहमति भएको थियो । तर आइतवार प्रचण्ड बालकोट जान तयार नभएपछि अब अर्को बैठक मंगलबार बस्ने तय भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । प्र

Advertisement

धानमन्त्री र देउवा बालकोट जान तयार नभएपछि संसदमा अघि बढाउनुपर्ने विषय र संक्रमणकालीन न्यायको सवालमा सत्ता पक्ष गम्भीर नभएको गुनासो एमालेले गरेको छ । टीआरसी संशोधन विधेयक नियमित प्रक्रियाबाट संसदीय समितिमा पुर्याएर अघि बढाउनु पर्ने एमालेको अडान रहेको छ भने सत्तारुढ दलहरु भने फास्ट ट्रयाकबाट विधेयक पास गर्ने तयारीमा छन् ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top