प्रतितोला चार सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा कारोवार हुँदै

८ बैशाख ८०, शुक्रबार
Share this
731shares

८ वैशाख ,काठमाडौं ।

Advertisement

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top