×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

आज उपनिर्वाचनः मतदान जारी, बारामा लफडा

१० बैशाख २०८०

१० वैशाख , काठमाण्डौ ।
प्रतिनिधिसभातर्फ रिक्त तीन निर्वाचन क्षेत्र चितवन–२, बारा–२ र तनहुँ–१ मा आज उपनिर्वाचन भइरहेको छ । बिहान ७ बजेबाट तीनवटै निर्वाचन क्षेत्रमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म तीनवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन भएको हो । यहाँ रास्वपाबाट लामिछाने, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने लगायत उम्मेदवार छन् ।

Advertisement
Advertisement

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र पर्ने १० वटा वडाहरू छन् ।

४३ स्थानमा १३८ मतदान केन्द्रहरू रहेका छन् । चितवनमा रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आफैंले मतदान गर्न पाउने छैनन् । रविको मतदाता नामावली काठमाडौंमा र एमालेका न्यौपनेको निर्वाचन क्षेत्र नम्बर ३ मा रहेकाले उपनिर्वाचनमा मतदान गर्न नपाएका हुन् ।

यहाँ एमालेका उम्मेदवार जितनारायण श्रेष्ठले शक्तिखोरस्थित चतुर्मुखी उच्च माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । त्यस्तै, तनहुँ–१ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएपछि सो स्थानमा पनि आज उपनिर्वाचन हुँदैछ । तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्बेन्द्र खनाल लगायत उम्मेदवार छन् ।

तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । मतदान गराउन ७ सय ६० कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन ।

यहाँका एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको मतदाता नामावली काठमाडौंमा रहेकाले उनीहरूले यहाँको उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् । त्यस्तै, बारा–२ बाट निर्वाचित उपराष्ट्रपति बनेसँगै त्यहाँ उपनिर्वाचन भएको हो ।

यहाँ जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत उम्मेदवार छन् । बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख सरोजकुमार चौधरीका अनुसार बारा– २ का सबै मतदान केन्द्रमा ७ बजेदेखि मतदान सुरू भएको छ । बारा २ को महागढीमाई नगरपालिकाको इनर्वा बुथमा जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले लफडा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले विरोध गरेका छन् ।

जसपाका कार्यकर्ताहरूले आफ्ना समर्थकलाई मात्र भित्र छिर्न दिएर अरुलाई रोकेको भन्दै जनमतका कार्यकर्ताले विरोध गरेपछि दुई पक्षबीच हात हालाहालसमेत भएको छ । यहाँ केहीबेर मतदान अवरोधसमेत भएको थियो । बारा–२ मा रास्वपाका उम्मेदवार रमेश खरेल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र नेकपा एमालेका पुरुषोत्तम पौडेलले मतदान गर्न नपाउने भएका छन् ।

मतदाता नामावली अन्य स्थानमा रहेकाले उनीहरूले मतदान गर्न नपाएका हुन् । यादवको मतदाता नामावली सुनसरीमा रहेको छ । खरेलको मतदाता नामावली काठमाडौंमा रहेको छ । यो क्षेत्रमा जनमतबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहले भने मतदान गरेका छन् ।

Advertisement

निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म मतदान केन्द्र छिरेका मतदाताले मतदान गर्न पाउने छन् । मतदान सकिएलगत्तै मतपेटिकाहरू संकलन गरेर गणनास्थलमा ल्याइने छ । गणना सुरु भएको तेस्रो दिनभित्रै अन्तिम नतिजा घोषणा गर्ने योजना रहेको आयोगले जनाएको छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top