८० वर्षपछि दोस्रो विश्वयुद्धमा डुबेको जापानी जहाज बल्ल भेटियो

१० वैशाख , एजेन्सी ।
दोस्रो विश्वयुद्धमा डुबेको एक जापानी पानीजहाज ८० वर्षपछि फेला परेको छ । जुन जहाजमा झण्डै एक हजार अस्ट्रेलियालीसहित सैनिक तथा गैरसैनिकहरु समेत डुबेका थिए । यो अस्ट्रेलियाको सबैभन्दा खराब जल विपत्ति थियो । जापानले पपुवा न्युगिनीमा समातिएका अस्ट्रेलियाली सैनिक र गैरसैनिकलाई यो जहाजमा यात्रा गराइरहेको थियो ।

तर, एउटा अमेरिकी पण्डुब्बी जहाजले टर्पेडो प्रहार गरी जहाज डुबाइदियो । मोन्टेभिडिओ मारु नामक सो जहाज जुलाई १९४२ मा फिलिपिन्सनजिकै डुबेको थियो । मारिनेहरुमा ९ सय ७९ अस्ट्रेलियाली, ३३ नर्वेली नाविक र २० जापानी गार्ड तथा चालक दलका सदस्य थिए ।

यसको खोजी अभियानको नेतृत्व अस्ट्रेलियाको साइलेन्ट वर्ल्ड फाउन्डेसनले गरेको थियो। जसलाई एक डच कम्पनीले सघाएको थियो । जहाजका भग्नावशेष समुद्रमा स्वचालित रुपमा खोजी कार्य गर्ने वाहनले फेला पारेको थियो । जहाज ४ हजार मिटरको गहिराइमा फेला परेको थियो ।

जुन टाइटानिकको भग्नावशेषभन्दा गहिरो स्थानमा फेला परेको हो । यो भग्नावशेषलाई नचलाइने र मृतकका फेला परेका अवशेष र सरसामान पनि ननिकालिने साइलेन्टवर्ल्डले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले यो खोजबाट मृतकका प्रियजनहरुमा केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकी टर्पेडोले लागेपछि जहाज तीव्र गतिमा डुबेको थियो । यो ११ मिनेटभित्रै समुद्रभित्र डुबिसकेको थियो । त्यतिबेलासम्म जम्मा तीन वटा लाइफबोटमा १०२ जना जापानीहरुको मात्र उद्दार हुन सक्यो। जो फिलिपिन्स पुगेका थिए । सो घटनामा १०८९ जनाको ज्यान गएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top