कीर्तिपुरमा सिंगापुरविरुद्ध युएईले गर्याे छक्काको वर्षा

१० वैशाख , काठमाण्डौ ।
युएईका ओपनर तथा कप्तान मुहम्मद वासिम र वृत्य अरबिन्दको सानदार शतकको सहयोगमा युएईले सिंगापुरलाई ४७२ रनको बिशाल लक्ष्य दिएको छ । टियु मैदान कीर्तिपुरमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएईले ४ सय ७१ रन बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुदै ४ सय ७१ रन बनाएको हो । युएईका लागि कप्तान तथा ओपनर मुहम्मद वासिम र वृत्य अरबिन्दले शतकीय ईनिङ खेले । वासिमले ८२ बलमा ९ चौका र १६ छक्काको सहयोगमा १ सय ६० रन बनाए । वासिमले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए ।

शतक बनाएको १७ बल पछि उनले १ सय ५० रन पूरा गरेका थिए । अरबिन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको सहयोगमा १ सय ७४ रन बनाए । अरबिन्दले ९६ बलमा शतक पूरा गरेका थिए । अर्को ३० बलमा उनले १ सय ५० रन पूरा गरे ।

आयान खानले ५० बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । सचित शर्मा ८ बलमा १६ रन बनाउँदै अविजित रहे । सिंगापुरका लागि अदिद्य भार्गभले ४ र रमेश कलिमुथुले ३ विकेट लिए । विनोद बसकरनले २ विकेट लिए । प्रतियोगिताको तेस्रो खेल खेल्न लागेका दुवै टोली जितको खोजीमा रहेका छन् ।

लगातार दुई हारसँगै अंक बिहिन सिंगापुर पहिलो जितको खोजीमा मैदानमा छ । उपाधीको दावेदार युएई भने तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन भईरहेको छ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

समूह ’बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top