पाल्पा बस दुर्घटनाः १ जनाको मृत्यु, ३३ जना घाइते

पाल्पा बस दुर्घटनाः १ जनाको मृत्यु, ३३ जना घाइते

१० वैशाख, काठमाण्डौ ।
आज विहान पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङको हटियाका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा घाइतेहरूको स्थानीयले उद्धार गरेका थिए ।

दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक महिलाको परिचय खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । यता आज नै पाँचथरको फिदिम याङनाम फालौट सडकखण्ड अन्तर्गत फिदिम नगरपालिका–१० नागिनमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा पिकअपमा सवार ५ जना घाइते भएका छन् । दुर्घटनामा परेका फालेलुङ– ८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । फालेलुङ–८ लुवाफुदेखि फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको भ्यान बिहान ८ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा फालेलुङ–८ का वडा सदस्य समेत रहेका चालक छवि अधिकारी, हिलिहाङ–७ का धनकुमार रसाइली, याङबरक–५ की निर्मला केरुङ, फालेलुङ–८ कै पूर्णबहादुर जबेगु र ठेगाना नखुलेका करिब २५ वर्षीय अच्युत केरुङ रहेको प्रहरीले जनाएको छ ।

घाइते ५ मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले पाँचथर अस्पतालबाट थप उपचारका लागि झापातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.