त्रिभुवन विमानस्थलमा सञ्चार समस्या, उडान ठप्प

१० वैशाख, काठमाण्डौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएसँगै उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ एक घण्टादेखि उडान प्रभावित भएको हो।

अहिले आकाशमा भएका जहाजलाई अवतरण गराउने काम भएपनि उडानमा भने अनुमति नदिएको उनले बताएका छन् । ’जहाज अवतरणमा समस्या छैन। समस्या आउनुअघि नै उडिसकेका जहाजहरूलाई अवतरण गराइरहेका छौं,’ प्रवक्ता सिटौलाले भनेका छन्, ’उडान भने रोकिएको छ। ग्राउन्डमा भएका जहाजहरूलाई पनि रिलिज गरिएको छैन।’

साथै प्राविधिक टोलीले हाल समस्या समाधानको काम गरिरहेको प्रवक्ता सिटौलाले बताए। यसअघि पनि पटक पटक प्राविधिक कठिनाइका कारण त्रिभुवन विमानस्थलको उडान प्रभावित हुदै आएको छ। नेपालका सरकारी वेभसाइटहरु पटक पटक ह्याकरको हातमा पुगिसकेका छन् ।

गएको फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन भएको थियो । विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए । माघ १५ गते समेत सबै सरकारी वेबसाइटहरू एकैपटक डाउन हुँदा विमानसेवा समेत प्रभावित भएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top