ठेकेदारलाई दुः ख दिने कर्मचारीलाई कारबाही गरिने

ठेकेदारलाई दुः ख दिने कर्मचारीलाई कारबाही गरिने

विराटनगर : भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पुर्वाधार विकासका काममा गलत मनसाय राखेर ठेकेदारलाई दु ः ख दिन कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।

निर्माण ब्याबसायी संघ मोरङको सोमबार २४ औँ साधारणसभाको उद्घाटनपछि उनले निर्माण ब्यबसायीलाई मात्रै एकोहोरो कारबाही गरेर समस्याको समाधान नहुने बताए ।

‘ब्यबसायीलाई मात्रै एकोहोरो गाली र कारबाही गरेर हुँदैन’ उनले भने–‘अब कारबाही कर्मचारीलाई हुनुपर्छ, म त्यो ब्यबस्था गर्न गइरहेको छु ।’उनले निर्माण ब्यबसायीलाई ठेकेदारको रुपमा हिनताबोध नगर्न पनि आग्रह गरे । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.