फ्लाई दुवईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

१२ वैशाख, काठमाण्डौ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुवईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थलमा प्रवेशमा रोक लगाएको छ । विना प्रमाण त्रिभुवन विमस्थलमा उडानको क्रममा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएकाले प्राधिकणले कारबाही गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाइ दुबईको जहाजमा चरा ठोकिएको सूचना सम्प्रेषण गर्ने दुई कर्मचारीको पास रोक्का गरेको छ । प्राधिकरणले नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको हो ।

कुनै प्रमाण र अध्ययन विना फ्लाइटमा चरा ठोक्किएको र समस्या आएको गलत सूचना सम्प्रेषण गरी भ्रम छरेको प्राधिकरणको भनाइ छ । यस्तो गलत सूचना सम्प्रेषण गर्ने फ्लाइ दुबईका कर्मचारीलाई तत्कालका लागि विमानस्थल छिर्न नदिनेगरी पास रोक्का गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

Advertisement

यद्यपि, उनीहरूको पास कति समयसम्म रोक्का रहन्छ, सो भने प्राधिकरणले बताएको छैन । सोमबार राति ९ः २० बजेट १६९ यात्रु बोकेर दुबई उड्दै गरेको फ्लाइ दुबईको कलसाइन एफजेड–५७६ विमानमा उडान लगत्तै आगोको मुस्लोसहित अस्वाभाविक आवाज निस्किएको थियो ।

यसलगत्तै केहीबेर नेपाली आकाशमा नै जहाज होल्ड गरेर स्थिति सामान्य भएपछि विमान दुबई नै प्रस्थान गरेको थियो । फ्लाइ दुबईले जहाज उडानका क्रममा चरा ठोक्किएर समस्या आएको बताए पनि यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सो पुष्टि हुने कुनै आधार नभेटिएको जनाएको छ ।

Advertisement

यस विषयमा पर्यटन तथा नागरिक उड्डन मन्त्री सुदन किराँतीले समेत जहाजमा चरा ठोक्किएको हल्ला अहिले सम्म प्रमाणित नभएको भन्दै नकरात्मक हल्ला गर्ने बानी सबैले छोडनु पर्ने बताएका छन् । फ्लाई दुबईले भने आगलागीको कारण चरा ठोक्किएको दाबी गरेको छ।

सोमबार राति त्रिभुवन विमानस्थलबाट उड्नेबित्तिकै एउटा इन्जिनमा आगलागी भएको जहाजमा चरा ठोक्किएको दुबईले दाबी गरेको छ। दुबई सरकारको मिडिया अफिसले पनि इन्जिनमा आएको खराबीबारे उल्लेख नगरी चरा ठोक्किएको दाबी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top