×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरको ऐतिहासिक रथयात्राको ५१ औं संस्करण सम्पन्न,५ लाख बढी श्रद्धालु र दर्शनार्थीहरुको रथायात्रामा सहभागिता

१९ भाद्र २०७५

विराटनगर,भदौ १९
विराटनगरको ५१ औं संस्करणको ऐतिहासिक रथयात्रा सम्पन्न भएको छ । विगतका बर्षहरुभन्दा यसपटकको रथयात्रामा उल्लेख्य श्रद्धालुले सहभागिता जनाएका छन् । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पुजापाठपछि बेलुन उडाएर रथयात्राको शुभारम्भ भएको थियो ।

Advertisement
Advertisement

सोमबार अपरान्ह ४ बजे विराटनगर १ स्थित श्रीराधाकृष्ण मन्दिरबाट निस्किएको रथ झण्डै ७ किलोमिटरको परिक्रमा पछि फेरी मन्दिर परिसरमा पुगेर समापन भएको हो । रथयात्राको उदघाटनका अवसरमा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे,बनमन्त्री जगदीश कुशियैत,विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतको सहभागिता थियो ।

रथयात्रामा यसपटक विभिन्न जातिय समुदाय र भजन मण्डली समेत गरेर ६८ वटा झाँकी आयोजकहरुले सहभागिता जनाएका छन । सो अवसरमा मुख्यमन्त्री राईले जातिय, सांस्कृतिक तथा धार्मिक विविधता देश र प्रदेशको सम्पति भएको उल्लेख गदै त्यसलाई जोगाउनुपर्ने उल्लेख गरे ।

गएकोबर्ष बाढीका कारण अस्तब्यस्त भएका कारण आयोजकको अपेक्षाभन्दा कम सहभागिता रहेपनि यसबर्ष ५ लाख बढी श्रद्धालु र दर्शनार्थीहरुले रथायात्रामा सहभागिता जनाएको आयोजकले जनाएको छ । रथयात्रामा भीडभाड बढी हुने भएपछि यसपटक ड्रोन क्यामराबाट रथ हिड्ने मार्गमा सुरक्षा निगरानी गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top