×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

आगामी पाँचमा वर्ष खपिनसक्नुको गर्मी

४ जेष्ठ २०८०

४ जेठ, एजेन्सी ।
आगामी पाँच वर्षमा विश्वको तापक्रम कीर्तिमानी नयाँ विन्दुमा पुग्ने लगभग निश्चित रहेको वैज्ञानिकहरुले प्रक्षेपण गरेका छन् । तापक्रम ‘प्रि–इन्डस्ट्रियल’ तह १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने वैज्ञानिकहरुले चेतावनी समेत दिएका छन् ।

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को अनुसन्धानका अनुसार गम्भीर परिणामहरू निम्त्याउन सक्ने महत्वपूर्ण १.५ सेल्सियसको ‘थ्रेसहोल्ड’ पार गर्नु केवल अस्थायी हुनेछ । यद्यपि, यसले विश्वव्यापी जलवायु प्रणालीमा मानवीय प्रभावहरूको उल्लेखनीय गतिलाई संकेत गर्ने र विश्वलाई ‘अज्ञात काल’मा पु¥याउने संयुक्त राष्ट्र संघ एजेन्सी डब्लुएमओले चेतावनी दिएको छ ।

Advertisement
Advertisement

२०१५ को पेरिस जलवायु सम्झौतामा देशहरूले विश्वव्यापी तापमानलाई पूर्व–औद्योगिक स्तर १.५ सेल्सियसभन्दा कममै राख्न प्रयास गर्ने वाचा गरेका थिए । वैज्ञानिकहरुले त्यो स्तरभन्दा माथि तापक्रम पुगे विनाशकारी र अपरिवर्तनीय प्रभावहरू देखिने बताएपछि उक्त सम्झौतामा देशहरु सहमत भएका थिए ।

डब्लुएमओका महासचिव प्रा पेटेरी तालासले भनेका छन्, ‘यस रिपोर्टको मतलब यो होइन कि हामी स्थायी रूपमा पेरिस सम्झौतामा तोकिएको १.५ डिग्री सेल्सियस भन्दा बढीको अवस्थामा पुग्नेछौँ, जसले दीर्घकालीन तापक्रमलाई जनाउँछ । यद्यपि, हामीले अस्थायी रुपमा १.५ सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गर्नेछौँ भन्ने डब्लुएमओको चेतावनी हो।’

विश्वव्यापी औसत सतहको तापक्रमले हालसम्म १.५ डिग्री सेल्सियसको ‘थ्रेसहोल्ड’ तोडेको छैन । अघिल्लो वर्षहरूमा उच्चतम औसत ‘प्रि–इन्डस्ट्रियल’ स्तर भन्दा माथि १.२८ डिग्री सेल्लियस थियो । बुधवार प्रकाशित प्रतिवेदनमा सन् २०२३ र २०२७ को बिचका वर्षमा १.५ डिग्री सेल्सियसको ‘थ्रेसहोल्ड’ नाघ्ने ६६ प्रतिशत सम्भावना रहेको उल्लेख छ ।

‘हिट वेभ’का क्रममा गत वर्ष विश्वका धेरै क्षेत्रमा नयाँ कीर्तिमानी तापक्रम अनुभव गरिएका थिए, तर ती उच्च तामक्रमहरु सुरुवात मात्र हुनसक्ने प्रतिवेदनमा उल्लेख छ । ‘क्लाइमेट ब्रेकडाउन’ र विकासशील ‘एल निन्यो’ मौसम प्रणालीको संयुक्त प्रभावले विश्वभर ‘हिट वेभ’ सिर्जना हुन्छ ।

Advertisement

‘एल निन्यो’ प्रशान्त महासागरमा विकसित हुने ‘ओस्सिलेटिङ’ मौसम प्रणालीको हिस्सा हो । विगत तीन वर्षदेखि विश्व उल्टो चरणमा थियो, जसलाई ‘ला निन्या’ भनिन्छ । जसले विश्वभरको तापक्रम वृद्धिमा उल्टो प्रभाव पारेको थियो । ‘ला निन्या’को अन्त्य र नयाँ ‘एल निन्यो’को विकास हुँदै जाँदा आगामी पाँच वर्षमध्ये कुनै एक वर्षमा सबैभन्दा तातो हुने सम्भावना ९८ प्रतिशत रहेको वैज्ञानिकहरूको अनुमान छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top