नेप्सेमा ५० अंकको वृद्धी

०९ जेठ , काठमाडौँ ।

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । नेप्से सूचकमा आज एकै दिन ५० अंकमाथिको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५१.३१ अंकले बढ्दै १९ सय ४२ अंकको विन्दुमा उक्लिएको छ ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.८५ अंकले बढ्दै ३६७.७४ अंकको विन्दुमा उक्लिएको छ । उसो त आज सेयर कारोबार समेत बढेर २ अर्बमाथि गएको छ । ५१ अंकले नेप्से बढेको यस दिन २ अर्ब २० करोड रुपैयाँमाथिको ६० लाख ६७ हजार कित्तामाथि सेयर कारोबार भएको छ ।

Advertisement

आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक क्रमशः ४.०५ प्रतिशत र ४.०३ प्रतिशतले बढेका छन् । निर्जीवन बीमा समूहको उपसूचक ३।९१ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ३.८० प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक ३.८० प्रतिशतले बढेका छन् ।

यसैगरी होटल तथा पर्यटन समूहको उपसूचक आज ३.४५ प्रतिशतले बढेको छ ।आज तीन वटा कम्पनी कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज सनराइज फस्ट म्युचुअल फण्डको सेयर मूल्य २ प्रतिशत घटेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top