युवराज सफलसंग रवि लामिछाने इरिटेड भए

११ जेठ, काठमाण्डौ ।
फेरिपनि नागरिकता र राहदानी सम्बन्धी मुद्या परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिढिएका छन् । उनी स्वयंले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् । उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुनः हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् ।

यसैलाई लिएर रविले फेसबुकमा लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।’ उनले सर्वोच्च अदालतले गएको पुस १३ गते गरेको फैसलामा आफूले अमेरिकी नागरिकता त्यागेको निश्चित गरेको बताएका छन् ।

Advertisement

उनले आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी पुनः नागरिकता पनि कायम गराइसकेको बताएका छन् । अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँगै भएकोमा उक्त निस्सा जेठ ९ गते सर्वोच्च अदालतमा बुझाइ पनि सकेको दाबी गरेका छन् ।

’अदालतमा बुझाइसकेको छु, यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५÷०३÷०६ मा अध्यागमनलाई स–प्रमाण बुझाइसकेको थिएँ,’ उनले भनेका छन्, ’टेलिभिजनबाट घोक्रो सुक्नेगरी स–प्रमाण बोलिसकेको थिएँ।’यस्तो छ उनले लेखेको स्टाटस
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।

१. सर्वोच्च अदालतको मिति २०७९÷१०÷१३को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य ’कन्फर्म’ गरेको छ ।

२. अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको छु ।

३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०÷०२÷०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु । यसको जानकारी र सक्कलबमोजिम नक्कल मिति २०७५÷०३÷०६ मा अध्यागमनलाई स–प्रमाण बुझाइसकेको थिएँ । टेलिभिजनबाट घोक्रो सुक्नेगरी स–प्रमाण बोलिसकेको थिएँ ।

४. घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।

रविविरुद्ध परेको रिटको पेशी यही १७ गतेका लागि तोकिएको छ । लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ । कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै रिट दर्ता भएको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top