×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मधेशमा मोटरसाइकलदेखि दमकलसम्म चोरी, २७ जना सार्वजनिक

११ जेष्ठ २०८०

११ जेठ, काठमाण्डौ ।
धनुषामा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गएसँगै धनुषा प्रहरीले चोरी डकैतीमा संलग्नहरुलाई पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको छ । धनुषा प्रहरीले सादा पोशाकमा चोर पक्राउ गर्नका लागि गस्ती टोली खटाएपछि चालु आर्थिक वर्ष २०७९÷०८० मा चोरी मुद्दाका ९७ जना चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षमा हालसम्म दर्ता भएका ९६ वटा चोरी मुद्दामा ९७ जना चोरी डकैतीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरमा ठूलठूला चोरीदेखि मोटरसाइकल, मोबाइल तथा दमकल चोरी लगायतका चोरी डकैतीमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

Advertisement
Advertisement

उनकाअनुसार चोरीमा पक्राउ भएपनि मुद्दा दर्ता नभएर अभद्र व्यवहारमा ३ सय ३० वटा मुद्दा दर्ता गरिएको छ । जसमा ४ सय जनालाई पक्राउ गरिएको बताए । पक्राउ गरिएकामध्ये १ सय ३० जनालाई कारबाही समेत गरिसकिएको बताए ।

प्रहरी नायब उपरीक्षक गौतमका अनुसार चोरी मुद्दामा २५ जनालाई सिन्धुली कारागार, ९ जनालाई जलेश्वर कारागार र २ जनालाई झुम्का कारागार पठाइएको छ । त्यस्तै अभद्र व्यवहार मुद्दाका ९३ जनालाई सिन्धुली कारागार र १ जनालाई जलेश्वर कारागार पठाइएको छ । यता जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरी घटनामा संलग्न रहेको आरोपमा २७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

Advertisement

चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा जनकपुरधाम १२ का बलिराम मण्डल, सुनिल मुखिया, जनकपुरधाम १६ का सुशिल पञ्जियार, जनकपुरधाम २ का मुकेश साह, जनकपुरधाम ३ का दिवेन्द्र मण्डल, जनकपुरधाम १४ का रितेश गुप्ता, जनकपुरधाम १६ का रञ्जित दास, जनकपुरधाम १० का नविनकुमार यादव, जनकपुरधाम ४ का सोनुकुमार सहनी, जनकपुरधाम ८ का राजकुमार यादव, जनकपुरधाम १७ का संजिव राम, क्षिरेश्वरनाथ ५का ईन्दल राम, जनकपुरधाम १४ का नारायण साह, जनकपुरधाम १७ का साजन मुखिया, जनकपुरधाम ६ का सलमान मंसुर, जनकपुरधाम ७ का ऐलुन खान, महोत्तरी ६ का गुड्ड महतो, रामप्रवेश महतो, जनकपुरधाम २ का मुकेश गुप्ता लगायतका रहेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top