रास्वपामाथि चीनको चासो बढ्यो /चिनियाँ दूतावासको टोली घण्टीघरमा

११ जेठ, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी भित्र देखिएको ढाकाकुमार श्रेष्ठाको अडिओ प्रकरण र सभापति रवि लामिछानेमाथि दोस्रो पटक नागरिकताकै विषयमा अदालतमा रिट परेको अवस्थामा नेपालस्थिति चिनियाँ दूताबासको टोलीले रास्वपाका नेताहरुसँग भेट गरेको छ । चिनियाँ दूतावासको टोली राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू भेट्न बसुन्धरा पुगेको थियो ।

चिनियाँ दुतावासका डिसिएम वाङ शिनसहितको प्रतिनिधिमण्डलबीच रास्वपा पार्टी कार्यालय बसुन्धरा पुगेको हो । द्विपक्षीय छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल थिए । उनीहरुले डेपुटी चिफ अफ मिसनको पोलिटिकल कन्सुलर र अर्का एक अधिकारीसँग भेट गरेका हुन् ।

भेट कुनै कार्यसूचीमा आधारित नभई कूटनीतिक शिष्टाचारमात्रै भएको रावलले बताइन् । ‘पार्टी कार्यालय बसुन्धरामा संक्षिप्त भेटघाट भयो,’ रावलले भनिन्, ‘भेटघाटमा नेपाल–चीनका आपसी चासोका विषयहरूमा छलफल भएको थियो । उहाँहरूले पार्टीका बारेमा पनि चासो राख्नु भएको थियो।’ यस्तै रास्वपा सहमहामन्त्री बुर्लाकोटीका अनुसार पार्टी नेताहरुसँग भेटघाट गर्ने दूतावासको प्रक्रिया अनुसार नै उनीहरुले रास्वपाको टोलीसँग भेट गरेको हो ।

भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा कुरा भएको उनको भनाइ छ । ‘उहाँहरुले भ्रष्टाचार विरोधी हाम्रो कार्य र सुशासनमा पार्टीले गरेको काममा चासो राख्नुभयो । यो प्रयास राम्रो भएको बताउनुभयो’ बुर्लाकोटीले भने ।

चिनियाँ कम्युनिस्ट पार्टीले सुशासनका लागि पार्टीमा गरेको ८ बुँदे सर्कुलर बारे चिनियाँ टोलीले जानकारी दिएको पनि सहमहामन्त्री बुर्लाकोटीले बताएका छन् । आज मात्रै लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top