नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ औं अभियुक्त पक्राउ परिन्

नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ औं अभियुक्त पक्राउ परिन्

१२ जेठ, काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको स्रोतले जानकारी दियो।

महर्जन पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो।

उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन।यो प्रकरणमा  काठमाडौं जिल्ला अदालतमा आजबाट यो प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको बयान सुरू भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.