विराटनगरमा विहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा / कोशी नामको विवाद कहिलेसम्म ?

१३ जेठ, विराटनगर ।
कोशी प्रदेशको राजधानी विराटनगरका केही स्थानमा आज विहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले शुक्रबार निषेधाज्ञा जारी गर्दै केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । जसअनुसार प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेध गरिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गरिए कारबाही गरिने चेतावनी दिइएको छ । निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम रोक लगाइएको छ । आदेशको उल्लंघन गरी कुनै कार्यक्रम, भेला, ¥याली आयोजना गरे कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

प्रशासनले कोशी प्रदेश नामकरणमा असन्तुष्ट समूहले आन्दोलन चर्काउन सक्ने अनुमान गर्दै निषेधाज्ञा जारी गरेको हो । शनिबार बिहान ६ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी यादवले जारी गरेको सूचनामा उल्लेख छ ।

कोशी प्रदेश नामकरणपश्चात असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज र सामान्य बनाउन निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।

भोलिदेखि सुरु हुने कोशी प्रदेशको बर्खे अधिवेशन आन्दोलनकारीले प्रभावित पार्न सक्ने र आक्रमणकै डर भएकाले निषेधाज्ञा लगाइएको प्रशासनको भनाई छ । गएको फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामाकरण गरेपछि प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top